भोलीबाट चिनीयाँ खोप शुरु, यी २३ खोप केन्द्रबाट लगाईने छ कोरोना खोप
काठमाडौ: सरकारले भोली बुधबारबाट चीनबाट अनुदानमा आएको कोरोनाविरुद्धको खोप भेरोसेल नागरिकलाई लगाउने भएको छ। यसका लागि स्वासथ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउने व्यक्तिको प्राथमिकिकरण र खोप केन्द्र समेत तोकिसकेको छ। मन्त्रालयका अनुसार चीन सरकारबाट अनुदानमा आएको ८ लाख डोज खोप लगाउने व्यक्तिहरुको प्राथमिकिकरणसँगै २३ वटा खोप केन्द्र तोकेर खोप लगाउने काम अगाडि बढाइएको हो।
खोप शाखा प्रमुख डा झलक शर्मा गौतमका अनुसार मन्त्रालयले १८ देखि ५९ वर्ष उमेर समूहका प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, चीनमा अध्ययनमा जाने तयारीमा रहेका व्यक्ति, हिमालय पार व्यापार गर्ने नेपाली व्यापारी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारीरव्यक्ति, होटल, ट्रेकिंग, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने, औषधि फलफुल तरकारी लगायतका व्यापारीलाई खोप लगाउने निर्णय गरेको छ।
यसका साथै खोप लगाउन भन्दै निवेदन दिएका संघ संस्था र यसअघि खोप लगाउन छुटेका अग्रपंक्तिमा खटिने व्यक्तिलाई पनि खोप लगाइने सूचीमा राखिएको छ।
यी हुन् २३ खोप केन्द्र
वीर अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, निजामती कर्मचारी अस्पताल मिनभवन, राष्ट्रय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तिपुर, नेपाल मेडिकल कलेज अत्तरखेल।
काठमाडौं मेडिकल कलेज सिनामंगल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसवारी, वीरेन्द्र अस्पताल छाउनी, नेपाल सशस्त्र प्रहरी अस्पताल बलम्बु, नेपाल प्रहरी अस्पताल पानीपोखरी।
ओम अस्पताल चाबहिल, क्षेत्रपाटी निस्शुल्क चिकित्सालय क्षेत्रपाटी, भक्तपुर नेपाल कोरिया मैत्री अस्पताल ठिमी, भक्तपुर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन।
किष्ट मेडिकल कलेज ललितपुर, आनन्दवन अस्पताल ललितपुर, धुलिखेल अस्पताल काभ्रे, त्रिशुली अस्पताल नुवाकोट, बाह्रविसे अस्पताल सिन्धुपाल्चोक र रसुवा जिल्ला अस्पताल।
सम्बन्धित समाचार
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट


