काठमाडौं । सरकारले नयाँ स्टक एक्सचेन्ज खोल्न बाटो खोलिदिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले धितोपत्र संचालन नियमावली २०६४ संशोधन गरेको छ । धितोपत्र बोर्ड हुँदै अर्थमन्त्रालय पुगेको संशोधन प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृत गरिदिएपछि नयाँ स्टक एक्सचेन्ज खोल्न बाटो खुलेको हो ।
बोर्डले मन्त्रिपरिषद्को निर्णय पाएलगतै नयाँ स्टक एक्सचेन्ज अनुमति दिने प्रक्रिया अगाडि बढाउनेछ । स्रोतका अनुसार चुनाब अघिनै नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिइनेछ । निजी क्षेत्रको स्टक एक्सचेन्जका लागि धेरै अगाडिदेखि चर्चा चलेपनि कार्यान्वयनमा भने आउन सकेको छैन । बोर्डले गरेको अध्ययनमा समेत नयाँ स्टक एक्सचेन्ज चाहिने उल्लेख छ । रेवतबहादुर कार्की बोर्ड अध्यक्ष भएका बेला नयाँ स्टक एक्सचेन्जको अनुमति दिने तयारी गरेका थिए। तर व्यवसायिक घरानाबीचको कर्पोरेट वारका कारण दिन सकेनन् ।