मेसीको सानदार प्रदर्शनले अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा, ब्राजिलसँग उपाधिको भिडन्त हुने
२३ असार । अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज विहान सम्पन्न खेलमा अर्जेन्टिनाले कोलम्बियामाथि संघर्षपूर्ण जीत हासिल गर्दै फाइनलको यात्रा तय गरेको हो ।
निकै रोचक फुटबल भिडन्तमा दुवै टोली निर्धारित समय र थप समयमा १-१ को बराबरीमा रहे । त्यसपछि पेनाल्टी सुटआउटमा अर्जेन्टिना ३-२ ले विजयी भयो ।
अर्जेन्टिनाले खेलको सातौं मिनेटमै लाउटारोको गोलमा अग्रता लिएको थियो । उनले मेसीको पासमा गोल गरेका थिए । जारी कोपा अमेरिकामा मेसीले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । ६१औं मिनेटमा डियाजले गोल गरी कोलम्बियालाई बराबरीमा पुर्याएका थिए । तर, पेनाल्टीमा अर्जेन्टिना भाग्यशाली ठहरियो । योसँगै लियोनल मेसीले खेल करिअरमा अर्जेन्टिनाका लागि ठूलो उपाधि जित्ने मौका बनेको छ ।
२३ असार । अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज विहान सम्पन्न खेलमा अर्जेन्टिनाले कोलम्बियामाथि संघर्षपूर्ण जीत हासिल गर्दै फाइनलको यात्रा तय गरेको हो ।
निकै रोचक फुटबल भिडन्तमा दुवै टोली निर्धारित समय र थप समयमा १-१ को बराबरीमा रहे । त्यसपछि पेनाल्टी सुटआउटमा अर्जेन्टिना ३-२ ले विजयी भयो ।
अर्जेन्टिनाले खेलको सातौं मिनेटमै लाउटारोको गोलमा अग्रता लिएको थियो । उनले मेसीको पासमा गोल गरेका थिए । जारी कोपा अमेरिकामा मेसीले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । ६१औं मिनेटमा डियाजले गोल गरी कोलम्बियालाई बराबरीमा पुर्याएका थिए । तर, पेनाल्टीमा अर्जेन्टिना भाग्यशाली ठहरियो । योसँगै लियोनल मेसीले खेल करिअरमा अर्जेन्टिनाका लागि ठूलो उपाधि जित्ने मौका बनेको छ । ब्राजिलमा जारी कोपा अमेरिकाको फाइनलमा फुटबलका दुई महाशक्तिराष्ट्र नै पुगेका छन् । योसँगै यसपटकको कोपा अमेरिका रोचक हुने अपेक्षा गरिएको छ ।
यसअघि ब्राजिली स्टार निमारले अर्जेन्टिनासँग फाइनल खेल्न चाहेको बताएका थिए ।
सम्बन्धित समाचार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
