मेसीको सानदार प्रदर्शनले अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा, ब्राजिलसँग उपाधिको भिडन्त हुने
२३ असार । अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज विहान सम्पन्न खेलमा अर्जेन्टिनाले कोलम्बियामाथि संघर्षपूर्ण जीत हासिल गर्दै फाइनलको यात्रा तय गरेको हो ।
निकै रोचक फुटबल भिडन्तमा दुवै टोली निर्धारित समय र थप समयमा १-१ को बराबरीमा रहे । त्यसपछि पेनाल्टी सुटआउटमा अर्जेन्टिना ३-२ ले विजयी भयो ।
अर्जेन्टिनाले खेलको सातौं मिनेटमै लाउटारोको गोलमा अग्रता लिएको थियो । उनले मेसीको पासमा गोल गरेका थिए । जारी कोपा अमेरिकामा मेसीले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । ६१औं मिनेटमा डियाजले गोल गरी कोलम्बियालाई बराबरीमा पुर्याएका थिए । तर, पेनाल्टीमा अर्जेन्टिना भाग्यशाली ठहरियो । योसँगै लियोनल मेसीले खेल करिअरमा अर्जेन्टिनाका लागि ठूलो उपाधि जित्ने मौका बनेको छ ।
२३ असार । अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज विहान सम्पन्न खेलमा अर्जेन्टिनाले कोलम्बियामाथि संघर्षपूर्ण जीत हासिल गर्दै फाइनलको यात्रा तय गरेको हो ।
निकै रोचक फुटबल भिडन्तमा दुवै टोली निर्धारित समय र थप समयमा १-१ को बराबरीमा रहे । त्यसपछि पेनाल्टी सुटआउटमा अर्जेन्टिना ३-२ ले विजयी भयो ।
अर्जेन्टिनाले खेलको सातौं मिनेटमै लाउटारोको गोलमा अग्रता लिएको थियो । उनले मेसीको पासमा गोल गरेका थिए । जारी कोपा अमेरिकामा मेसीले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । ६१औं मिनेटमा डियाजले गोल गरी कोलम्बियालाई बराबरीमा पुर्याएका थिए । तर, पेनाल्टीमा अर्जेन्टिना भाग्यशाली ठहरियो । योसँगै लियोनल मेसीले खेल करिअरमा अर्जेन्टिनाका लागि ठूलो उपाधि जित्ने मौका बनेको छ । ब्राजिलमा जारी कोपा अमेरिकाको फाइनलमा फुटबलका दुई महाशक्तिराष्ट्र नै पुगेका छन् । योसँगै यसपटकको कोपा अमेरिका रोचक हुने अपेक्षा गरिएको छ ।
यसअघि ब्राजिली स्टार निमारले अर्जेन्टिनासँग फाइनल खेल्न चाहेको बताएका थिए ।
सम्बन्धित समाचार
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
एनपीएलमा आज पोखरा एभेन्जर्स र सुदुरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
