रौतहट । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । असार ५ गते बिहान राजदेवी नगरपालिका वडा नं. १ पथरा टोल बस्ने मनोज साहले दाजु भाई बिचको अंशको विवादका कारण आफ्नै आमा ६९ वर्षिया राधा देवी साहको हत्या गरेको आरोपमा पकाउ परेका छन् ।
आफ्नै घर कोठा भित्र सिलौटोको लोहोरोले टाउकोमा प्रहार गरी कर्तव्य गरी फरार भएका मनोजलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई कर्तव्य ज्यान सम्बन्धि कसुर मुद्दामा रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी एलिजा गिरीले जानकारी दिइन्।