स्थानीय बजारमा आज मंगलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको भाउमा सामान्य गिरावट आएको हो ।
हिजो सोमबार प्रतितोला ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १०० रुपैयाँ घटेर ८९ हजार ५०० रुपैयाँमा कारोबार हुनेछ भने सोही परिमाणको तेजावी सुनको मूल्य ८९ हजार ५० रुपैयाँ कायम भएको छ ।
यता, चाँदीको भाउ समेत तोलामा पाँच रुपैयाँ घटेको छ । सोमबार एक हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदीलाई आज एक हजार २६० रुपैयाँ पर्ने महासंघले जनाएको छ ।