‘एलईभी-०१’को अल ह्विल ड्राइभ मोडल तयार : एलईभी-एक्स नाममा बिक्री हुने,नाइमा नेपाल मोविलिटी एक्स्पोमा लन्च गर्ने
काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल कम्पनी एलएस अटोले आफ्नो पहिलो मोडल ‘एलईभी-०१’को अल ह्वील ड्राइभ मोडल तयार पारेको छ । कम्पनीले यसलाई एलईभी-एक्स नाम दिएर नेपाली बजारमा बिक्री सुरु गर्ने योजना बनाएको बताइएको छ ।
नेपालको लागि एलएस अटोको आधिकारीक वितरक नेक्सन भेन्चरले एलईभी-एक्स आगामी महिना हुने नाइमा नेपाल मोविलिटी एक्स्पोमा लन्च गरिने जानकारी दिएको छ ।
नयाँ अल ह्वील ड्राइभ मोडल अहिले बजारमा रहेको एलईभी-०१ कै बडी डिजाइनमा आउने छ । बाहिरबाट हेर्दा उस्तै देखिएपनि भित्री फिचर भने फरक हुने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार एलईभी-एक्समा फ्रन्ट र रियरमा गरी १९८ किलोवाटको ड्यूल मोटर सेटअप रहेको छ । साथै, ब्याट्री पनि १० किलोवाट आवर बढी क्षमताको प्रयोग भएको छ । एलईभी-०१ मा ६७ किलोवाट आवरको ब्याट्री रहेकोमा एक्स मोडलमा ७७ किलोवाट अवारको ब्याट्री रहेको छ ।
एलईभी-एक्सको इन्टेरियरमा पनि केही परिवर्तन गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार नयाँ अलह्वील ड्राइभ ईभीमा एसी भेन्ट र इन्टेरियर डिजाइन अपडेट भएको हो । सेग्मेन्टमै धेरै २१० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स भएको एलईभी एक्समा अल ह्वील ड्राइभ फिचर थप भएको कारण अफरोडमा ढुक्कसँग चलाउन सकिने कम्पनीको दाबी छ।
नेक्सन भेन्चरले नाइमा अटो शोमा एलईभी एक्सका अलावा प्रिमियम ह्याचव्याक सेग्मेन्टमा एलईभी-०५ समेत लन्च गर्ने योजना बनाएको कम्पनीले जनाएको छ । एलईभी-०५ नेपाली बजारमा बीवाइडी डल्फिन र नामी-०१ सँग सिधा प्रतिस्पर्धा गर्ने मोडल हो ।

सम्बन्धित समाचार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
