‘एलईभी-०१’को अल ह्विल ड्राइभ मोडल तयार : एलईभी-एक्स नाममा बिक्री हुने,नाइमा नेपाल मोविलिटी एक्स्पोमा लन्च गर्ने
काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल कम्पनी एलएस अटोले आफ्नो पहिलो मोडल ‘एलईभी-०१’को अल ह्वील ड्राइभ मोडल तयार पारेको छ । कम्पनीले यसलाई एलईभी-एक्स नाम दिएर नेपाली बजारमा बिक्री सुरु गर्ने योजना बनाएको बताइएको छ ।
नेपालको लागि एलएस अटोको आधिकारीक वितरक नेक्सन भेन्चरले एलईभी-एक्स आगामी महिना हुने नाइमा नेपाल मोविलिटी एक्स्पोमा लन्च गरिने जानकारी दिएको छ ।
नयाँ अल ह्वील ड्राइभ मोडल अहिले बजारमा रहेको एलईभी-०१ कै बडी डिजाइनमा आउने छ । बाहिरबाट हेर्दा उस्तै देखिएपनि भित्री फिचर भने फरक हुने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार एलईभी-एक्समा फ्रन्ट र रियरमा गरी १९८ किलोवाटको ड्यूल मोटर सेटअप रहेको छ । साथै, ब्याट्री पनि १० किलोवाट आवर बढी क्षमताको प्रयोग भएको छ । एलईभी-०१ मा ६७ किलोवाट आवरको ब्याट्री रहेकोमा एक्स मोडलमा ७७ किलोवाट अवारको ब्याट्री रहेको छ ।
एलईभी-एक्सको इन्टेरियरमा पनि केही परिवर्तन गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार नयाँ अलह्वील ड्राइभ ईभीमा एसी भेन्ट र इन्टेरियर डिजाइन अपडेट भएको हो । सेग्मेन्टमै धेरै २१० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स भएको एलईभी एक्समा अल ह्वील ड्राइभ फिचर थप भएको कारण अफरोडमा ढुक्कसँग चलाउन सकिने कम्पनीको दाबी छ।
नेक्सन भेन्चरले नाइमा अटो शोमा एलईभी एक्सका अलावा प्रिमियम ह्याचव्याक सेग्मेन्टमा एलईभी-०५ समेत लन्च गर्ने योजना बनाएको कम्पनीले जनाएको छ । एलईभी-०५ नेपाली बजारमा बीवाइडी डल्फिन र नामी-०१ सँग सिधा प्रतिस्पर्धा गर्ने मोडल हो ।

सम्बन्धित समाचार
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

