नाडा अटो शो २०२५ को स्टल एलोकेशन सम्पन्न, टाइटल स्पोन्सरमा एमएडब्लु ग्रुप
काठमाडौं । आगामी भदौ ३ देखी ८ गतेसम्म आयोजना हुने नाडा अटो शोको स्टल एलोकेशन कार्यक्रम सम्पन्न भएको छ। बिहिबार नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अटो शो २०२५ का लागि स्टल बाँडफाँड कार्यक्रम सम्पन्न गरेको हो । अटो शोलाई यसपटक एमएडब्लु ग्रुप अफ कम्पनिजले टाइटल स्पोन्सर गर्ने भएको छ ।
नेपाली अटो उद्योगको प्रमूख प्रदर्शनी बनेको ‘नाडा अटो शो’ प्रविधि, नवप्रवर्द्धन एवं गतिशीलतामा महत्वपूर्ण योगदान दिँदै आएको छ । अटो शोमा चार पांगे सवारीका १८ वटा स्टल, दुई पांग्रेको ४ वटा स्टल, लाइट कर्मर्शियल भेहिकलको १३ वटा र अटो कम्पोनेन्टहरुका ४० वटा भन्दा बढी स्टल रहने नाडाले जनाएको छ ।
नाडा अटो शोमा यसपटक चार पाङ्ग्रेमा दिपाल, अवतार, डोङफेङ, नामी, सेरेस, सुजुकी, टेस्ला, एवोन, एक्सपेङ, रिडारा, स्काईवेल, बीवाईडी, फोटोन, विएडब्लु ब्रम्वी, जेवाई एयर, विलाभल, एलएस अटो र जिनपेङका स्टल रहनेछन् ।
दुई पाङग्रेमा हिरो, रोयल इन्फिल्ड, जोनसेन, यामाहा गरी ४ ब्राण्डका स्टल रहनेछन् । लाइट कमर्शियल भेहिकलहरुमा न्यु गोनाउ, डीएफएसके, डोङफेङ, कामा, फोटोन, सोकोन, सिजी केवाईसीरकिङलङ, मोन्त्र, स्काईवर्थ, काईन्यू, कावेरनभेको सनलङ जस्ता ब्राण्डका स्टलहरु उपस्थिती रहनेछ ।
कम्पोनेन्टतर्फ, एसियन, गल्फ, डकहाम्स, एटिएस एल्गि, मिशेलिन, एसटिसी राइडरइनर्जी, सिएट, जेके, मानाटेक, टाटा ग्रिन, टोटल इनर्जिज, म्याक र पिएलओ लगायत ब्रान्डले स्टल बुक गराएका छन् ।
अटो शोमा मेड इन नेपाल पेभिलियन, भिन्टेज कार पेभिलियन, अटो डायलग र क्याफेका लागि छुट्टै व्यवस्था गरिएको बताइएको छ ।
सम्बन्धित समाचार
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका नेपाली ग्राहकहरूको सम्मान
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने


