साउनदेखि कुन कर्मचारीले कति तलब पाउँछन् ?
काठमाडौं । सरकारले सरकारी कर्मचारी तथा शिक्षकहरूको तलबमा समग्रमा करिब २१ प्रतिशतसम्म वृद्धि गरेको छ । संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३–०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारीहरूको तलब वृद्धि गरेका हुन् ।
तलब वृद्धिसँगै सरकारले कर्मचारीहरूले खाइपाइ आएको मासिक ५ हजार रुपैयाँ महँगी भत्तालाई भने निरन्तरता दिएको छ ।
यसरी बढ्यो तलब
अर्थमन्त्री वाग्लेका अनुसार सबै तहका कर्मचारीको सुरु स्केलमा १० प्रतिशत तलब वृद्धि गरिएको छ । यसका साथै कार्यसम्पादनमा आधारित पारिश्रमिक प्रणालीको सुरुवात गर्न नयाँ तलबमानको १० प्रतिशत बराबर मासिक प्रोत्साहन भत्ताको समेत व्यवस्था गरिएको छ । सुरु स्केलको १० प्रतिशत वृद्धि र १० प्रतिशत प्रोत्साहन भत्तासहित कर्मचारीले हाल पाइरहेको पारिश्रमिकमा करिब २१ प्रतिशतसम्म वृद्धि हुने सरकारले जनाएको छ ।
यो नयाँ व्यवस्था (ग्रेडसहित) लागू भएपछि सरकारी कर्मचारीको न्यूनतम मासिक पारिश्रमिक करिब ४० हजार रुपैयाँदेखि सुरु हुने र उच्च तहका कर्मचारीको पारिश्रमिक १ लाख रुपैयाँभन्दा माथि पुग्नेछ ।
कसको तलब कति पुग्यो ?
बजेटमा गरिएको नयाँ व्यवस्थाअनुसार निजामती कर्मचारीहरूको परिमार्जित तलबमान यस प्रकार कायम भएको छ :
| पद | पुरानो तलब (रु) | नयाँ तलब (रु) |
| मुख्य सचिव | ७७,२११ | ८४,९३२ |
| सचिव | ७२,०८२ | ७९,२९० |
| सहसचिव | ५६,७८७ | ६२,४६६ |
| उपसचिव | ४८,७३७ | ५३,६११ |
| अधिकृत | ४३,६८९ | ४८,०५८ |
| नायब सुब्बा | ३४,७३० | ३८,२०३ |
| खरिदार | ३२,९०२ | ३६,१९२ |
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

