मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा मनमा चञ्चलता बढ्नाले निर्णय गर्दा अलि धैर्यता अपनाउनुपर्ने देखिन्छ । कामको चाप बढेपनि समयअनुसार अवसरहरू प्राप्त हुनेछन् । साताको मध्यमा व्यापार तथा पेशागत क्षेत्रमा नयाँ योजना बन्नेछ । आफन्तहरूसँगको भेटघाटले मन प्रसन्न रहनेछ । साताको अन्तिममा खर्च बढ्न सक्ने भएकाले आर्थिक पक्षमा सावधानी अपनाउनु उपयुक्त हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा रोकिएका कामहरू अगाडि बढ्ने सम्भावना रहेको छ । सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ । साताको मध्यमा कार्यक्षेत्रमा प्रतिस्पर्धीहरू सक्रिय रहनेछन् । धैर्यता र संयमताले सफलता दिलाउनेछ । साताको अन्तिममा परिवारजनसँग रमाइलो समय बित्नेछ । आर्थिक लाभका नयाँ अवसर प्राप्त हुन सक्नेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा अध्ययन तथा बौद्धिक क्षेत्रमा प्रगति हुनेछ । नयाँ व्यक्तिसँगको सम्पर्क लाभदायी बन्ने संकेत रहेको छ । साताको मध्यमा यात्राको सम्भावना रहेको छ भने कार्य क्षेत्रमा व्यस्तता बढ्नेछ । दाम्पत्य जीवनमा सामान्य मतभेद आउन सक्ने भएकाले बोलीमा संयमता अपनाउनुहोला । साताको अन्तिममा शुभ समाचार प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा मानसिक तनाव कम हुँदै जानेछ । परिवारजनको साथ सहयोगले आत्मबल बढ्नेछ । साताको मध्यमा स्वास्थ्य तथा खानपानमा ध्यान दिनु आवश्यक रहनेछ । व्यापारिक क्षेत्रमा सोचअनुसार लाभ प्राप्त नहुन सक्छ । साताको अन्तिममा धार्मिक तथा आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ । यात्राबाट लाभ मिल्ने सम्भावना रहेको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा नेतृत्वदायी भूमिकामा सफलता प्राप्त हुनेछ । नयाँ जिम्मेवारीले आत्मविश्वास बढाउनेछ । साताको मध्यमा साझेदारी कार्यमा सावधानी अपनाउनु आवश्यक रहनेछ । विरोधीहरूले आलोचना गर्न सक्नेछन् । साताको अन्तिममा व्यापारिक क्षेत्रमा लाभ मिल्नेछ । पारिवारिक वातावरण सुखद रहनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा रोकिएका आर्थिक कार्यहरू सम्पन्न हुने सम्भावना रहेको छ । वैदेशिक क्षेत्रबाट लाभ मिल्न सक्छ । साताको मध्यमा कामको चाप बढे पनि मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ । स्वास्थ्यमा सामान्य कमजोरी देखिन सक्ने भएकाले आराममा ध्यान दिनुहोला । साताको अन्तिममा नयाँ चिनजान तथा सहकार्यबाट लाभ प्राप्त हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा रचनात्मक कार्यमा सफलता प्राप्त हुनेछ । प्रेम तथा दाम्पत्य जीवन सुखद रहनेछ । साताको मध्यमा कार्य क्षेत्रमा केही अवरोध देखिए पनि धैर्यताले सफलता दिलाउनेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । साताको अन्तिममा धार्मिक यात्राको सम्भावना रहेको छ । नयाँ योजना प्रारम्भ गर्न समय अनुकूल रहनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा घर परिवारको वातावरण सुखद रहनेछ । जग्गा(जमिन तथा स्थायी सम्पत्तिबाट लाभ मिल्ने संकेत रहेको छ । साताको मध्यमा कार्यक्षेत्रमा विवाद वा प्रतिस्पर्धा बढ्न सक्ने भएकाले संयमता अपनाउनु उपयुक्त हुनेछ । स्वास्थ्यमा पेट तथा निद्रासम्बन्धी समस्या देखिन सक्छ । साताको अन्तिममा अध्ययन तथा अनुसन्धान क्षेत्रमा सफलता प्राप्त हुनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भमा नयाँ कार्य योजना बन्नेछ । यात्राबाट लाभ तथा नयाँ अनुभव प्राप्त हुने सम्भावना रहेको छ । साताको मध्यमा बोलिको प्रभावले कार्य सफलता मिल्नेछ । आफन्तहरूसँग सम्बन्ध सुमधुर रहनेछ । साताको अन्तिममा खर्च बढ्न सक्ने भएकाले आर्थिक सन्तुलनमा ध्यान दिनु आवश्यक हुनेछ । अध्ययन तथा प्रतियोगितात्मक क्षेत्रमा प्रगति हुनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको प्रारम्भमा आर्थिक पक्षमा सुधार आउने संकेत रहेको छ । पुरानो लगानीबाट लाभ मिल्न सक्छ । साताको मध्यमा कार्यक्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त हुनेछ । सहकर्मीहरूसँग सामान्य मतभेद आउन सक्ने भएकाले संयमता अपनाउनुहोला । साताको अन्तिममा परिवारजनसँग रमाइलो समय बित्नेछ । धार्मिक कार्यमा सहभागी बन्ने अवसर प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भमा आत्मबल तथा उत्साह बढ्नेछ । नयाँ व्यक्तिसँगको भेटघाट लाभदायी बन्ने संकेत रहेको छ । साताको मध्यमा खर्च बढ्न सक्ने भएकाले आर्थिक सावधानी अपनाउनु आवश्यक हुनेछ । कार्य क्षेत्रमा गोप्य योजना सार्वजनिक नगर्नु उपयुक्त हुनेछ । साताको अन्तिममा प्रेम सम्बन्ध तथा दाम्पत्य जीवनमा खुसी प्राप्त हुनेछ । सिर्जनात्मक कार्यमा सफलता मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा धार्मिक तथा आध्यात्मिक क्षेत्रमा मन आकर्षित हुनेछ । रोकिएका कार्यहरू पुनस् सञ्चालन हुने सम्भावना रहेको छ । साताको मध्यमा कार्य क्षेत्रमा मेहनत बढ्न सक्नेछ । स्वास्थ्यमा थकान तथा निद्राको समस्या देखिन सक्छ । साताको अन्तिममा व्यापारिक क्षेत्रमा लाभ प्राप्त हुनेछ । परिवारजनबाट सुखद सहयोग मिल्नेछ ।


