• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ जेठ २०८३, आइतबार
१७ जेठ २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

तीन प्रतिशत ‘शिक्षा समता शुल्क’ बारे नेसनल प्याब्सनसहित अभिभावक संघबिच छलफल, सरकारसँग संवाद अघि बढाइने
  • ६ घण्टा 

नाडा अटो शो – २०२६ भदौ ९ देखि १४ सम्म हुने, स्टल बुकिङ खुल्ला
  • ७ घण्टा 

सानिगाड हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
  • ८ घण्टा 

एमएडब्लू राइड्सद्वारा यामाहा सेल्स स्किल कन्टेस्टका क्षेत्रीय विजेता घोषणा, राष्ट्रिय प्रतिस्पर्धाको तयारी सुरु
  • ९ घण्टा 

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात
  • १० घण्टा 

काठमाडौं महानगरपालिकाको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ विद्यार्थी उत्तीर्ण
  • १० घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ११ घण्टा 

रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाँदै
  • १२ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • १३ घण्टा 

लोकप्रिय समाचार

  • १. एनसेलले पायो गुणस्तर र वातावरण सम्बन्धी आईएसओ ९००१ र १४००१ को मान्यता

  • २. २०८३ जेठ १६ गतेदेखि २२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् साप्ताहिक राशिफल

  • ३. सुनको मूल्य प्रतितोला तीन हजार तीन सयले घट्यो : कतिमा हुँदैछ कारोबार ?

  • ४. सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

  • ५. राष्ट्र बैंकद्वारा स्थायी निक्षेप सुविधा दैनिक, अब बैंकहरूले हरेक दिन पैसा राख्न पाउने

  • ६. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ७. बसको ठक्करबाट एक पैदलयात्रीको निधन

  • ८. इजरायलमा २ हजार ३ सय नेपाली कामदारका लागि रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन

  • ९. यस्तो छ आजको मौसम पुर्वानुमान

  • १०. समस्याग्रस्त चार सहकारीका ऋणीको नाम सार्वजनिक, ऋण नतिरे कारबाही हुने चेतावनी

तीन प्रतिशत ‘शिक्षा समता शुल्क’ बारे नेसनल प्याब्सनसहित अभिभावक संघबिच छलफल, सरकारसँग संवाद अघि बढाइने

जानकारी केन्द्र २०८३, जेष्ठ, १८

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत निजी शिक्षण संस्थाबाट असुल हुने सम्पूर्ण शुल्कमा ३ प्रतिशत ‘शिक्षा समता शुल्क’ लगाउने व्यवस्था गरेपछि अभिभावक तथा विद्यालय क्षेत्रका सरोकारवालाबिच गम्भीर छलफल भएको छ ।

नेपाल अभिभावक संघका अध्यक्ष केशव पुरी, राष्ट्रिय अभिभावक संघका अध्यक्ष कोष बहादुर जी.सी., राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)का केन्द्रीय अध्यक्ष गीता क्षेत्री (राणा) लगायत केन्द्रीय पदाधिकारीहरूबीच विस्तृत छलफल सम्पन्न भएको हो ।

छलफलमा महासचिव प्रताप बहादुर थापा, पूर्व अध्यक्ष कर्ण बहादुर शाही, पूर्व अध्यक्ष रितु राज सपकोटा, बरिष्ण उपाध्यक्ष सूर्य बहादुर अधिकारी, उपाध्यक्ष कुमार बहादुर भट्टराई, कृष्ण कुमार उप्रेती तथा केन्द्रीय सदस्य सीता चौधरी (कैलाली) लगायतको सहभागिता रहेको थियो ।

सरकारले आर्थिक विधेयकको अनुसूची–७ मा व्यवस्था गरेअनुसार निजी क्षेत्रबाट सञ्चालित विद्यालय, महाविद्यालय, विश्वविद्यालय तथा प्राविधिक शिक्षालयलगायतका संस्थाले विद्यार्थीबाट लिने सबै प्रकारका शुल्कमा ३ प्रतिशत शिक्षा समता शुल्क लगाई असुल उपर गर्नुपर्ने उल्लेख गरिएको छ । यद्यपि सार्वजनिक शैक्षिक गुठीअन्तर्गत सञ्चालित गैरनाफामूलक संस्थालाई भने उक्त शुल्क लागू नहुने व्यवस्था छ ।

विधेयकको दफा ३ अनुसार शिक्षण संस्थाले विद्यार्थीबाट शुल्क लिँदा अनिवार्य रूपमा बीजक (बिल) जारी गरी उक्त शुल्क समेत समावेश गरेर असुल गर्नुपर्ने प्रावधान छ। यसले आगामी आर्थिक वर्षदेखि विद्यालय शुल्कमा प्रत्यक्ष रूपमा ३ प्रतिशत अतिरिक्त भार थपिने देखिएको छ ।

छलफलका क्रममा सहभागीहरूले यो निर्णयले अभिभावक तथा विद्यार्थीमाथि अतिरिक्त आर्थिक दबाब सिर्जना गर्ने भन्दै गम्भीर चासो व्यक्त गरेका छन् । साथै, यसले निजी शिक्षा क्षेत्रको सञ्चालनमा समेत असर पार्न सक्ने सम्भावनाबारे छलफल गरिएको छ । नेसनल प्याब्सनकी अध्यक्ष गीता क्षेत्री(राणा)ले शिक्षा क्षेत्रमा कुनै पनि नयाँ कर वा शुल्क लागू गर्दा सरोकारवालासँग पर्याप्त परामर्श हुनुपर्ने आवश्यकता औँल्याउँदै यस विषयमा सरकारसँग थप संवाद र समन्वय आवश्यक रहेको बताइन् ।

त्यस्तै, महासचिव प्रताप बहादुर थापाले यस्तो शुल्कले अभिभावकको आर्थिक बोझ बढाउने भएकाले व्यवहारिक पक्षलाई ध्यानमा राखेर पुनर्विचार गर्नुपर्ने धारणा राखे । उनका अनुसार निजी विद्यालयहरू पहिले नै विभिन्न सञ्चालन खर्चको दबाबमा रहेका अवस्थामा थप करले सेवा प्रवाहमा असर पार्न सक्नेछ ।

छलफलमा सहभागी अन्य पदाधिकारीहरूले पनि शिक्षा क्षेत्रलाई करको अतिरिक्त भारबाट जोगाउँदै गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्नेमा जोड दिएका थिए । छलफलपछि सरोकारवालाहरूले विद्यार्थी, अभिभावक तथा विद्यालय समुदायको हितलाई ध्यानमा राख्दै सम्बन्धित सरकारी निकायसँग संयुक्त रूपमा संवाद अगाडि बढाउने निर्णय गरेका छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नाडा अटो शो – २०२६ भदौ ९ देखि १४ सम्म हुने, स्टल बुकिङ खुल्ला
सानिगाड हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
एमएडब्लू राइड्सद्वारा यामाहा सेल्स स्किल कन्टेस्टका क्षेत्रीय विजेता घोषणा, राष्ट्रिय प्रतिस्पर्धाको तयारी सुरु

ताजा

तीन प्रतिशत ‘शिक्षा समता शुल्क’ बारे नेसनल प्याब्सनसहित अभिभावक संघबिच छलफल, सरकारसँग संवाद अघि बढाइने

नाडा अटो शो – २०२६ भदौ ९ देखि १४ सम्म हुने, स्टल बुकिङ खुल्ला

सानिगाड हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

एमएडब्लू राइड्सद्वारा यामाहा सेल्स स्किल कन्टेस्टका क्षेत्रीय विजेता घोषणा, राष्ट्रिय प्रतिस्पर्धाको तयारी सुरु

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.