Jankari Kendra
१० श्रावण २०८३, आईतवार
Worldlink

ओमोडा ई५ प्रो नेपाली बजारमा सार्वजनिक, कतिपर्छ मूल्य ?

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८३, जेष्ठ, २०
ओमोडा ई५ प्रो नेपाली बजारमा सार्वजनिक, कतिपर्छ मूल्य ?

काठमाडौं । ओमोडा एन्ड जेइको ईभीको नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले ओमोडा ई५ को फेसलिफ्ट भर्सन ‘ओमोडा ई-५ प्रो’ लाई नेपाली बजारमा सार्वजनिक गरेको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच नयाँ कार लन्च गरिएको हो।

५०.७ किलोवाट आवरको शक्तिशाली ब्याट्री जडान गरिएको यस कारले एक पटकको फुल चार्जमा ३५० किलोमिटरसम्मको रेन्ज प्रदान गर्नुका साथै कारमा ९९ किलोवाट क्षमताको मोटर राखिएको छ, जसले २८८ एनएम टर्क जेनेरेट गर्ने कम्पनीको दाबी रहेको छ ।

ओमोडाको फ्युचरिस्टिक डिजाइन दर्शनमा आधारित यस ईभीमा बोल्ड फ्रन्ट फेसिया, एरोडायनामिक प्रोफाइल, र विशेष प्यान्थम विङ टेललाइटहरु समावेश गरिएका छन् ।

५ स्टार सेफ्टी रेटिङ पाएको यस कारमा ७ वटा एयरब्याग र १९ भन्दा बढी एडास (उन्नत चालक सहायताप्रणाली) फिचर र ५४०-डिग्री सराउन्ड भ्यु क्यामेरा लगायत विशेषता दिइएका छन ।

कम्पनीका अनुसार यसको इन्टेरियरमा १५.६ इन्चको ठुलो टचस्क्रिन, ड्राइभर मसाज सिट, ८सोनी स्पिकर र ५० वाटको फास्ट वायरलेस चार्जर लगायत अन्य थुप्रै अत्याधुनिक फिचर पाउन सकिन्छ भने आठवटा आकर्षक रङहरूमा उपलब्ध यस कारको ग्राउन्ड क्लियरेन्स १९१ एमएम रहेको छ ।

कम्पनीले ओमोडा ओमोडा ई-५ प्रोको सिंगल टोन भेरियन्टको मूल्य ५१ लाख ४९ हजार र डुअल टोनको ५१ लाख ९९ हजार तोकेको छ । यद्यपि सुरुवाती ५० जना ग्राहकले भने ४९ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सक्ने कम्पनीले बताएको छ ।

नेपाली बजारमा यसअघि नै १५०० भन्दा बढी युनिट सडकमा गुडिसकेको ओमोडा ई५ को उत्कृष्ट सफलतालाई निरन्तरता दिदै नयाँ ई५ प्रो अझ उन्नत प्रबिधी, प्रीमियम फिचर र अत्याधुनिक ड्राइभिङ अनुभवसहित आएको कम्पनीले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स