रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि
काठमाडौं। बुची बाबु सानाद्वारा निर्देशित र राम चरण र जान्हवी कपूर अभिनीत ‘पेड्डी’ जुन ४ मा सिनेमाघरहरूमा रिलिज भएको थियो। फिल्मले राम्रो सुरुवात गरेको थियो र पछि बक्स अफिसमा राम्रो प्रदर्शन गरेको थियो। यद्यपि, ‘स्पोर्टस ड्रामा’ ले जान्हवीको चरित्र ‘अचियम्मा’ को चित्रणको लागि आलोचनाको सामना पनि गर्यो। सार्वजनिक आक्रोश यति तीव्र थियो कि बुची बाबुले जान्हवीलाई पर्दामा चित्रण गरिएको तरिकालाई स्वीकार र माफी माग्ने मात्र होइन, फिल्मको नयाँ कटमा केही विवादास्पद भागहरू पनि परिवर्तन गर्नु परेको थियो ।
सो विवादका बाबजुद पनि यो फिल्मले विश्वव्यापी रूपमा ४०० करोड नाघेको छ र यो वर्षको सबैभन्दा ठूलो दक्षिण भारतीय फिल्मसमेत बनेको छ। यी सबैको बीचमा यो फिल्म अब ओटीटी प्लेटफर्महरूमा रिलिज हुने तयारीमा छ। उसो भए अब कहिले र कहाँ हेर्न सकिन्छ रु जानकारी लिउँ ।
रिपोर्टहरूका अनुसार ‘पेड्डी’ ओटीटी विशाल नेटफ्लिक्समा स्ट्रिम हुने अपेक्षा गरिएको छ। यसको अपेक्षित ओटीटी प्रिमियर मिति जुलाई २ हो। यो फिल्म तेलुगु, तमिल, हिन्दी, कन्नड र मलयालमसहित धेरै भाषाहरूमा रिलिज हुने अपेक्षा गरिएको छ। यद्यपी केही रिपोर्टहरूले यो जुलाई ६ मा ओटीटीमा स्ट्रिम हुने पनि जनाएका छन् । तर,न त नेटफ्लिक्स न त फिल्म निर्माताहरूले पेड्डीको ओटीटी रिलिज पुष्टि गरेका छन्।
यसैबीच, विश्वव्यापी बक्स अफिसमा सफलता हासिल गरिसकेको ‘पेड्डी’का निर्माताहरूले भव्य सफलता पार्टी आयोजना गरेका छन् । प्रभावशाली बक्स अफिस प्रतिक्रिया पछि निर्माताहरूले हैदराबादमा एक उत्सव कार्यक्रमको आयोजना गरेका हुन् । सो कार्यक्रम शिल्पा कला वेदिकामा भएको छ।
यसैबीच, ‘पेड्डी ले तेस्रो हप्तामा पनि बिस्तारै प्रगति गरिरहेको छ। हाल यसले लाखौंमा मात्र कमाई गरिरहेको छ। सैकनिल्कको प्रारम्भिक ट्रेन्ड रिपोर्ट अनुसार फिल्मले रिलिजको २० औं दिन अर्थात् मंगलबार भारतीय बक्स अफिसमा ८० लाख भारतीय रूपैयाँ कमाएको छ। यससँगै, भारतमा यसको २० दिनको कुल २३५।९० करोड पुगेको छ। म्युजिक राइटस देखी प्रायोजनसमेत गरेर यसले ४०० करोड बढी कमाइ गरिसकेको छ ।
पेड्डीले १ लाख ९ हजार ५४६ शोहरूमा कुल सङ्कलनमा ३३२।०२ करोड भारतीय रुपैयाँ कमाएको छ, जुन भारतको कुल सङ्कलन २७९।१२ करोड र विदेशवाट ५२।९० करोड रहेको छ । बुची बाबु सानाद्वारा निर्देशित यस खेलकुद एक्सन ड्रामामा राम चरण र जान्हवी कपूर मुख्य भूमिकामा छन् भने यसको संगीत एआर रहमानले दिएका छन्।
सम्बन्धित समाचार
आज तीन प्रदेशमा हल्का बर्षा हुने
एम.ए.डब्लु. अर्थमुभर्स प्रा.लि.द्वारा नेपालगञ्जमा जेसीबी एग्रीम्याक्स सार्वजनिक, १० वटा जेसीबी मेसिन ग्राहकलाई हस्तान्तरण
नेपाल पर्यटन बोर्डको सहकार्यमा टिकटकले सुरु गर्यो ‘भिजिट नेपाल’ अभियान
विश्व मोबिलिटीको भविष्य देखाउँदै ओमोडा र जेकोको अन्तर्राष्ट्रिय युजर समिट २०२६
आज चार प्रदेशमा हल्का वर्षाको सम्भावना
सीजी एलईडीको उज्यालोसँग यस तिहारलाई बनाऔँ अझै झिलिमिली र विशेष
ट्रेन्डिङ
लिपमोटर बी०३ एक्सको डेलिभरी सुरु,एकपटकको चार्जमा ५०५ किलोमिटरसम्म रेन्ज
फोटोनका १४ वटा विद्युतीय सवारी साधन (टीएम १ पीकअप) भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण
सेयर बजारमा भारी पहिरो,कारोबार रकम सवा ७ अर्ब नाघ्यो
यामाहाको ‘चङ्गा चेट’ अभियानमा १० लाख ३ हजार रुपैयाँको ग्रान्ड प्राइज विजेता घोषणा
नेप्सेमा सामान्य सुधार, कारोबार रकम साढे सात अर्ब नाघ्यो
