महालक्ष्मी विकास बैंकद्धारा ५ जना विद्यार्थीहरुलाई महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति वितरण
काठमाडौं । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३२ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५ जना जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।
महालक्ष्मी विकास बैंकमा विभिन्न समयमा एकीकृत भएका संस्थाहरुको संस्थापक अध्यक्ष स्व. लक्ष्मण बाबु श्रेष्ठ, स्व. हरि प्रसाद गिरि, स्व. अशोक श्रेष्ठ, स्व. नवराज बहादुर सिंह तथा स्व। सीताराम प्रसाईकोको स्मृतिमा स्थापित छात्रवृत्ति सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार, विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई अध्ययनमा सहयोग पुर्याउने उद्धेश्यका साथ प्रति विद्यार्थी ५० हजार बराबरको रकम छात्रवृत्तिको रुपमा प्रदान गरिएको हो ।
स्व. लक्ष्मण बाबु श्रेष्ठ महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति श्री नन्दी माध्यमिक विद्यालय, नक्साल, काठमाडौं कक्षा ९ मा अध्ययनरत छात्र विपिन बुढालाई मिति २०८३/०३/१७ मा आयोजित एक कार्यक्रमकाबीच स्व. लक्ष्मण बाबु श्रेष्ठका छोरा राजेश बाबु श्रेष्ठ तथा यस बैंकका प्रमुख कार्यकारी अधिकृतले संयुक्त रुपमा विद्यालयका प्रधानध्यापक गिता काफ्ले मार्फत प्रदान गरिएको छ ।
साथै स्व. हरि प्रसाद गिरि महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, भवानीपुर विरगंज–०८, पर्सामा अध्ययनरत छात्रा अनिशा शाहलाई यस बैंकको सञ्चालक श्याम सु्न्दर रुंगटा मार्फत प्रदान गरिएको छ भने स्व। नवराज बहादुर सिंह महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति सारदा माध्यमिक विद्यालय, धनगढी, कैलालीमा कक्षा ९ मा अध्ययनरत छात्रा गुञ्जन सुनारलाई यस बैंकको सञ्चालक सागर मल्ल मार्फत प्रदान गरिएको छ ।
त्यसैगरी, स्व. अशोक श्रेष्ठ महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति अमर माध्यमिक विद्यालय, हेटौडा, मकवानपुरमा कक्षा ९ मा अध्ययनरत छात्रा सुमिना लामिछानेलाई यस बैंकका बागमती ख प्रदेश प्रमुख मार्फत प्रदान गरिएको छ भने स्व। सीताराम प्रसाइ महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति सिताराम सामुदायिक अंग्रजी विद्यालय, मेचीनगर १४, झापामा अध्ययनरत छात्रा मुस्कान खातुनलाई गत पुस महिनामा नै प्रदान गरिएको हो ।
यस प्रकारको सस्ंथागत सामाजिक उत्तरदायित्वको कार्यक्रमबाट विद्यार्थीहरुलाई आर्थिक अभावकै कारण अध्ययनमा वञ्चित हुनुपर्ने बाध्यता हट्ने विश्वास बैंकले लिएको छ ।
‘सबल बैंक, सफल सहकार्य को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३२ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर करिब ८ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् ।
सम्बन्धित समाचार
सरकारको निःशुल्क एआई तालिम कार्यक्रम,दुई हजार युवाले घरबाटै सीप सिक्न पाउने
भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ कार्तिक १५ गते आइतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
