फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
पेरिस। फ्रान्सेली संसदले १५ वर्षभन्दा कम उमेरका बालबालिकाद्वारा सामाजिक सञ्जालको प्रयोगमा रोक लगाउने विधेयक पारित गरेको छ।
यससँगै यस्तो कानुन लागू गर्ने फ्रान्स पहिलो युरोपेली संघको मुलुक बनेको छ। राष्ट्रपति इम्यानुएल म्याक्रोनले यस विधेयकको समर्थन गरेका छन भने सेप्टेम्बर देखि यसलाई कार्यान्वयनमा ल्याउने तयारी भइरहेको छ।
कानुन कार्यान्वयनको जिम्मेवारी डिजिटल नियामक निकाय ‘आर्कोम’ को हुनेछ। यद्यपि, बालबालिकाको उमेर कसरी प्रमाणीकरण गरिनेछ भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन। फ्रान्सको सिको गर्दै बेलायत, स्पेन, ग्रीस र डेनमार्क पनि सामाजिक सञ्जालका लागि न्यूनतम उमेर तोक्ने तयारी गरिरहेका छन्।
फ्रान्सका धेरै अभिभावकले यस निर्णयको स्वागत गरेका छन् तर केही किशोरकिशोरीहरू भने शैक्षिक सामग्रीमा पहुँच र साथीभाइसँगको सम्पर्क प्रभावित हुने कुरालाई लिएर चिन्तित छन्।
एम्नेस्टी इन्टरनेसनलले केवल प्रतिबन्ध लगाउनु पर्याप्त नभएको बताएका छन् । डिजिटल संसारको सुरक्षित प्रयोगबारे बालबालिकालाई शिक्षित गर्नु पनि उत्तिकै आवश्यक छ।
सम्बन्धित समाचार
सरकारको निःशुल्क एआई तालिम कार्यक्रम,दुई हजार युवाले घरबाटै सीप सिक्न पाउने
भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ कार्तिक १५ गते आइतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
