विश्वव्यापी रूपमा प्रशंसित बीएडब्लू ई-सेभेन प्रो एलआरआर मोर्टरद्वारा श्रावणको तेस्रो साता नेपालमा सार्वजनिक हुँदै
काठमाडौं । नेपालका लागि बेइजिङ अटो वक्र्स (बीएडब्लू) का विद्युतीय सवारीसाधनको आधिकारिक आयातकर्ता एलआरआर मोर्टरले बहुप्रतीक्षित बीएडब्लू ई-सेभेन प्रो लाई नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ।
कम्पनीका अनुसार, यही श्रावणको तेस्रो साता सार्वजनिक हुने यो नयाँ मिनी–इलेक्ट्रिक ह्याचब्याकले किफायती मूल्यमा अत्याधुनिक विद्युतीय सवारी प्रविधि खोजिरहेका नेपाली ग्राहकका लागि महत्वपूर्ण विकल्प प्रस्तुत गर्नेछ। अन्तर्राष्ट्रिय बजारमा सफलताको बलियो इतिहास बोकेको बीएडब्लू ई सेभेन प्रो ले नेपाली विद्युतीय सवारी बजारमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको बताइएको छ।
बीएडब्लू ई-सेभेन प्रो ले विभिन्न अन्तर्राष्ट्रिय बजारमा उल्लेखनीय व्यावसायिक सफलता हासिल गरिसकेको छ भने विशेषगरी श्रीलंकामा व्यावहारिक डिजाइन, भरपर्दो कार्यक्षमता, न्यून सञ्चालन लागत र उत्कृष्ट मूल्यका कारण यो नम्बर १ बिक्री हुने इलेक्ट्रिक प्यासेन्जर कार बन्न सफल भएको कम्पनीले जनाएको छ।
ई-सेभेन प्रो को आगमनले तीव्र गतिमा विस्तार भइरहेको नेपालको विद्युतीय सवारी क्षेत्रका लागि अर्को महत्वपूर्ण उपलब्धि थप्नुका साथै यसले नेपाली ग्राहकलाई अत्याधुनिक इन्जिनियरिङ, प्रिमियम प्रविधि, प्रभावशाली कार्यक्षमता र किफायती मूल्यको उत्कृष्ट संयोजन भएको शहरी विद्युतीय सवारीसाधन उपलब्ध गराउने कम्पनीको दाबी रहेको छ।
चिनियाँ जनमुक्ति सेनाका लागि समेत सवारीसाधन उत्पादन गर्दै आएको चीनको सबैभन्दा पुराना अटोमोबाइल निर्माता कम्पनीहरूमध्ये एक बेइजिङ अटो वक्र्स (बीएडब्लू) सँग सात दशकभन्दा लामो अटोमोबाइल इन्जिनियरिङको अनुभव रहेको बताइएको छ ।
सन् १९५१ मा स्थापना भएको बीएडब्लू ले चीनको अटोमोबाइल उद्योगको विकासमा अग्रणी भूमिका निर्वाह गर्दै आएको जनाइएको छ। पछिल्लो समय कम्पनीले अत्याधुनिक विद्युतीय सवारीसाधनमार्फत आफ्नो विश्वव्यापी उपस्थितिलाई थप विस्तार गरिरहेको बताएको छ।
आधुनिक सहरी जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएको ई७ प्रोमा कम्प्याक्ट आकार, फराकिलो आन्तरिक स्पेस, प्रिमियम आरामदायित्व र अत्याधुनिक ड्राइभिङ प्रविधिको उत्कृष्ट सन्तुलन मिलाइएको छ । यो सवारीसाधन उच्च दक्षताको पर्मानेन्ट म्याग्नेट सिङ्क्रोनस इलेक्ट्रिक मोटर बाट सुसज्जित छ, जसले सहज एक्सेलेरेसन, उत्कृष्ट प्रतिक्रिया क्षमता र ऊर्जा–दक्ष ड्राइभिङ अनुभव प्रदान कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार, उन्नत मोटरसँग संयोजन गरिएको उच्च क्षमताको लिथियम ब्याट्री प्याकले दैनिक यात्राका लागि भरपर्दो ड्राइभिङ रेन्ज, दीर्घकालीन टिकाउ र प्रभावकारी चार्जिङ क्षमता सुनिश्चित गर्नुका साथै बीएडब्लू ई-सेभेन प्रो को सबैभन्दा विशेष प्राविधिक पक्षमध्ये एक यसको रियर ह्विल ड्राइभ (आरडब्लूडी) प्रविधि हो, जुन यस मूल्य श्रेणीका कम्प्याक्ट इलेक्ट्रिक सवारीसाधनमा निकै दुर्लभ विशेषता हो भने आरडब्लूडी प्रणालीले उत्कृष्ट तौल सन्तुलन, उकालो सडकमा राम्रो क्षमता, सुधारिएको ह्यान्डलिङ, सानो घुम्तीमा सहज नियन्त्रण र उच्च ड्राइभिङ स्थिरता प्रदान गर्दछ।
नेपालका विविध सडक अवस्था, उकालो–ओरालो बाटो तथा भीडभाडयुक्त शहरी सडकका लागि यो प्रविधि विशेष रूपमा उपयुक्त हुने विश्वास गरिएको कम्पनीले बताएको छ।
बीएडब्लू ई-सेभेन प्रो को आगामी सार्वजनिक कार्यक्रमबारे प्रतिक्रिया दिँदै एलआरआर मोर्टरका प्रबन्ध निर्देशक जीवन जंग शाहीले भने, “बीएडब्लू ई सेभेन प्रो लाई नेपालमा ल्याउनु नेपाली ग्राहकलाई विश्वस्तरीय सवारीसाधन उपलब्ध गराउने हाम्रो प्रतिबद्धताको महत्वपूर्ण कदम हो। श्रीलंकामा नम्बर १ बिक्री हुने इलेक्ट्रिक कारका रूपमा प्राप्त अन्तर्राष्ट्रिय सफलताले यसको क्षमता प्रमाणित गरिसकेको छ। अत्याधुनिक प्रविधि, मजबुत निर्माण गुणस्तर र उत्कृष्ट कार्यक्षमताका कारण ई सेभेन प्रो ले नेपाली ग्राहकको मन जित्नेमा हामी विश्वस्त छौँ।”
बीएडब्लू ई-सेभेन प्रो युवा पेशाकर्मी, पहिलोपटक ईभि खरिद गर्ने ग्राहक, परिवार, उद्यमी, राइड–सेयरिङ व्यवसायी तथा किफायती तर प्रविधियुक्त विद्युतीय सवारी खोज्ने शहरी यात्रुहरूको आवश्यकता पूरा गर्ने गरी विकास गरिएको कम्पनीको विश्वास रहेको छ।
अत्याधुनिक इलेक्ट्रिक पावरट्रेनका अतिरिक्त, यस सवारीसाधनमा आधुनिक इन्टेरियर, स्मार्ट इन्फोटेनमेन्ट प्रणाली, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, व्यापक सुरक्षा सुविधाहरू, फास्ट चार्जिङ क्षमता, न्यून मर्मत खर्च तथा आरामदायी ड्राइभिङ अनुभव उपलब्ध छन्। यसले बीएडब्लू ई-सेभेन प्रो लाई दैनिक आवागमनका लागि उपयुक्त विद्युतीय साथी बनाउँने बताइएको छ।
नेपालमा दिगो यातायात प्रणालीप्रतिको आकर्षण बढ्दै गएको र भरपर्दा विद्युतीय सवारीसाधनको माग तीव्र रूपमा वृद्धि भइरहेको अवस्थामा एलआरआर मोर्टरले बीएडब्लू ई-सेभेन प्रो लाई नेपालको विद्युतीय सवारीसाधन बजारमा एक प्रभावशाली विकल्प बन्ने विश्वास लिएको जनाएको छ।
सम्बन्धित समाचार
चिनियाँ चीपको माग ६ महिनामा २५०० प्रतिशतले वृद्धि
ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन
अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा
नेप्सेको सीईओ बन्न आवेदन खुला, १५ दिनभित्र दरखास्त दिन आग्रह
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
त्रिविको कडा परीक्षा आचारसंहिता लागु, नियम उल्लंघन गरे परीक्षा रद्द
ट्रेन्डिङ
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
२०८३ साउन १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन ११ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
ज्योतिर्मयी बनिन ‘इन्डियन आइडल १६’ को बिजेता

