चिनियाँ चीपको माग ६ महिनामा २५०० प्रतिशतले वृद्धि
बेइजिङ । एआईको बढ्दो लहरका बीच चीनको चिप निर्माण क्षेत्रको नाफा पहिलो छ महिनामा २,५०० प्रतिशतले बढेको छ। चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोको तथ्याङ्क (एनविसी) अनुसार सन् २०२६ को पहिलो ६ महिनामा कृत्रिम बुद्धिमत्ता र कम्प्युटिङ क्षमताको अभूतपूर्व मागका कारण चीनका प्रमुख चिप निर्माताहरूको नाफामा २,५७९.५ प्रतिशतको आश्चर्यजनक वृद्धि देखिएको छ।
एनविसी अन्तर्गत औद्योगिक तथ्याङ्क हेर्ने विभागका प्रमुख तथ्याङ्कविद् यु वेइनिङका अनुसार, विभिन्न क्षेत्रमा एआइको तीव्र एकीकरणले कम्प्युटिङ क्षमताको ठूलो माग सिर्जना गर्यो, जसले गर्दा नाफामा यो भारी वृद्धि भएको हो।
युका अनुसार कम्प्युटिङको मागले समग्र इलेक्ट्रोनिक्स उद्योगको नाफालाई पनि वार्षिक आधारमा ९७ प्रतिशतले बढाएको छ । उनले कुल औद्योगिक नाफाको तीव्र वृद्धिका लागि इलेक्ट्रोनिक्स क्षेत्र पनि एक मुख्य कारक रहेको बताए।
यस अवधिमा, चीनका प्रमुख औद्योगिक उद्यमहरूअर्थात् वार्षिक २० मिलियन युआन अर्थात २.९ मिलियन अमेरिकी डलर भन्दा बढी आम्दानी भएका कम्पनीहरूको नाफा १८.७ प्रतिशतले बढेर ४ ट्रिलियन युआन पुगेको छ।
सम्बन्धित समाचार
सरकारको निःशुल्क एआई तालिम कार्यक्रम,दुई हजार युवाले घरबाटै सीप सिक्न पाउने
भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
