Jankari Kendra
१२ श्रावण २०८३, मंगलवार
Worldlink

चिनियाँ चीपको माग ६ महिनामा २५०० प्रतिशतले वृद्धि

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८३, श्रावण, १२
चिनियाँ चीपको माग ६ महिनामा २५०० प्रतिशतले वृद्धि

बेइजिङ । एआईको बढ्दो लहरका बीच चीनको चिप निर्माण क्षेत्रको नाफा पहिलो छ महिनामा २,५०० प्रतिशतले बढेको छ। चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोको तथ्याङ्क (एनविसी) अनुसार सन् २०२६ को पहिलो ६ महिनामा कृत्रिम बुद्धिमत्ता र कम्प्युटिङ क्षमताको अभूतपूर्व मागका कारण चीनका प्रमुख चिप निर्माताहरूको नाफामा २,५७९.५ प्रतिशतको आश्चर्यजनक वृद्धि देखिएको छ।

एनविसी अन्तर्गत औद्योगिक तथ्याङ्क हेर्ने विभागका प्रमुख तथ्याङ्कविद् यु वेइनिङका अनुसार, विभिन्न क्षेत्रमा एआइको तीव्र एकीकरणले कम्प्युटिङ क्षमताको ठूलो माग सिर्जना गर्‍यो, जसले गर्दा नाफामा यो भारी वृद्धि भएको हो।

युका अनुसार कम्प्युटिङको मागले समग्र इलेक्ट्रोनिक्स उद्योगको नाफालाई पनि वार्षिक आधारमा ९७ प्रतिशतले बढाएको छ । उनले कुल औद्योगिक नाफाको तीव्र वृद्धिका लागि इलेक्ट्रोनिक्स क्षेत्र पनि एक मुख्य कारक रहेको बताए।

यस अवधिमा, चीनका प्रमुख औद्योगिक उद्यमहरूअर्थात् वार्षिक २० मिलियन युआन अर्थात २.९ मिलियन अमेरिकी डलर भन्दा बढी आम्दानी भएका कम्पनीहरूको नाफा १८.७ प्रतिशतले बढेर ४ ट्रिलियन युआन पुगेको छ।

Top Changing Nepal

युट्युब सट्स