नेपाल र जापानबीच ४१० मिलियन जापानी येन बराबरको अनुदान सम्झौता
काठमाडौं । नेपाल भ्रमणमा रहेका जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका प्रेसिडेन्ट डाक्टर तानका अकिहिले मंगलबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेका छन्।
उक्त भेटवार्ताका क्रममा अकिहिले नयाँ सरकारका प्राथमिकताका सम्बन्धमा चासो व्यक्त गर्दै लामो समयदेखि जापान नेपालको असल मित्र र विकास साझेदारको रुपमा रहेको स्मरण गराए । साथै उनले नयाँ सरकारसँग काम गर्न जापना सरकार इच्छुक रहेको बताए ।
जवाफमा अर्थमन्त्री डा. वाग्लेले सरकारले हालै तर्जुमा गरेको बजेटमा व्यक्त प्राथमिकताहरुको चर्चा गरे । सुशासनमार्फत सार्वजनिक सेवा प्रवाहमा सुधार गर्दै निजी क्षेत्रको लागि व्यवसायिक वातावरण अनुकूल बनाउनु नयाँ सरकारको उच्च प्राथमिकता भएको अर्थमन्त्री डा. वाग्लेले बताए ।
जापानले नेपालको भौतिक पूर्वाधार निर्माण, सामाजिक क्षेत्रमा गरेको योगदानको अर्थमन्त्रीले उच्च प्रसंशा गरे ।
मंगलबार अर्थ मन्त्रालयमा मानव संसाधन छात्रबृत्ति कार्यक्रम सम्बन्धी आदान-प्रदान पत्रमा अर्थ सचिव डा. घनश्याम उपाध्याय र नेपालका लागि जापानी राजदूत मायदा तोरुले तथा सो सम्बन्धी अनुदान सम्झौतामा अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका सहसचिव डा. धनिराम शर्मा र जापान अन्तर्राष्ट्रिय सहयोग नियोगका प्रमुख मात्सुजाकी मिजुकीले हस्ताक्षर गरेका छन् ।
यस कार्यक्रम अन्तर्गत जापान सरकारले नेपाललाई ४१० मिलियन जापानी येन बराबरको अनुदान सहायता उपलब्ध गराउनेछ । यसबाट नेपाल सरकारको निजामती सेवामा कार्यरत जनशक्तिलाई दक्ष सीपयुक्त र उत्पादनशील बनाउन जापानका प्रतिष्ठित विश्वविद्यालयहरूमा स्नातकोत्तर तथा पिएचडी तहको अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिनेछ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

