आज सुनको मूल्यमा वृद्धि, चाँदीको मूल्य भने सामान्य गिरावट
काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य उकालो लाग्दा चाँदीको मूल्य भने सामान्य रूपमा घटेको छ। अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा सुनको मूल्य बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँले बढी हो। बुधबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँ कायम भएको थियो।
त्यस्तै, १० ग्राम सुनको मूल्य पनि बढेर २ लाख ४३ हजार ४८५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन १० ग्राम सुन २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
यता, चाँदीको मूल्य भने सामान्य रूपमा घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा १० रुपैयाँले कम हो। बुधबार चाँदी प्रतितोला ४ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो।
सम्बन्धित समाचार
सरकारको निःशुल्क एआई तालिम कार्यक्रम,दुई हजार युवाले घरबाटै सीप सिक्न पाउने
भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
एकै दिन तोलामा ८ हजार ३०० रुपैयाँले घट्यो सुनको भाउ
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
