मोटरसाइकलको ठक्करबाट घाइतेको उपचारको क्रममा निधन
मोरङ । कानेपोखरी-रङ्गेली सडक खण्ड अन्तर्गत कानेपोखरी ७ वरगाछीमा मङ्गलबार बिहान भएको सडक दुर्घटनामा गम्भीर घाइते भएका ७५ वर्षीय हर्कबहादुर गजमेरको उपचारका क्रममा मृत्यु भएको छ ।
कानेपोखरी अस्थायी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक कृष्ण थापाका अनुसार कानेपोखरीबाट रङ्गेली तर्फ जाँदै गरेको प्रदेश १-०२-०६०प ९८६७ नम्बरको मोटरसाइकलले मङ्गलबार बिहान कानेपोखरी ५ घलेटोलका गजमेरलाई ठक्कर दिएको थियो ।
गजमेरलाई तत्काल उद्दार गरी उपचारका लागि विराटनगर स्थित न्युरो अस्पताल पठाइएको थियो । गजमेरको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको प्रहरी सहायक निरीक्षक थापाले जानकारी दिनुभयो । मोटरसाइकल चालक कानेपोखरी ५ छकमकटोलका २४ वर्षीय सुमन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान सुरु गरेको छ ।
मोटरसाइकल चालक चौधरी र पछाडि सवार २१ वर्षीय भगत थारु सकुसल रहेका छन् ।
सम्बन्धित समाचार
सरकारको निःशुल्क एआई तालिम कार्यक्रम,दुई हजार युवाले घरबाटै सीप सिक्न पाउने
भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ कार्तिक १५ गते आइतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
