सिजी ब्रान्डले आफ्नो ‘मेरिडिया सिरिज’ अन्तर्गत बजारमा ल्यायो अत्याधुनिक प्रविधिसहितका ४ नयाँ ‘सिंगल डोर’ फ्रिजहरू
काठमाडौं । नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो प्रिमियम मेरिडिया सिरिज अन्तर्गत ४ वटा नयाँ मोडलका अत्याधुनिक रेफ्रिजरेटरहरू बजारमा सार्वजनिक गरेको जनाएको छ।
कम्पनीका अनुसार, नयाँ सार्वजनिक भएका मोडलहरूमा सिजीएमएस२२०डिएलआरआई, सिजीएमएस२२०डिएलबिआइ, सिजीएमएस२२०एलआरआई र सिजीएमएस२२०एलबिआइ रहेका छन्, जसको ग्रस क्षमता २०० लिटर र नेट क्षमता १९० लिटर रहेको छ। घरको भान्सालाई थप आकर्षक बनाउन यी फ्रिजहरू लिफी वाइन र लिफी ब्लु जस्ता उत्कृष्ट रङ तथा डिजाइनमा उपलब्ध गराइएका छन्।
नयाँ सिजी मेरिडिया फ्रिजका प्रमुख विशेषताहरू :
– डिजिटल इन्भर्टर कम्प्रेसर : यसमा प्रयोग भएको अत्याधुनिक कम्प्रेसरले बिजुलीको अधिकतम बचत गर्नुका साथै ११० भोल्ट को कम भोल्टेजमा पनि सहजै र निर्बाध रूपमा काम गर्छ।
– उन्नत कुलिङ प्रविधि : फ्रिजभित्रको तापक्रमलाई छिटो र प्रभावकारी रूपमा सन्तुलनमा राख्न यसमा टर्बो कुलिङ टेक्नोलोजी र एडभान्स क्यापिलरी कुलिङ टेक्नोलोजी समावेश गरिएको छ।
– ताजगी र भण्डारण : फलफूल र तरकारीलाई लामो समयसम्म ताजा राख्न फार्म फ्रेसनेस र धेरै तरकारी एकैपटक भण्डारण गर्न सकिने जम्बो भेजिटेबल ट्रेको व्यवस्था गरिएको छ।
– ड्राइ बास्केट र एप्रोन : नेपाली भान्सामा प्याज, आलु जस्ता बाहिर राख्नुपर्ने कुराहरूका लागि सिजीएमएस२२०डिएलआरआई र सिजीएमएस२२०डिएलबिआइ मोडलहरूमा छुट्टै ड्राइ बास्केट उपलब्ध छ, जुन व्यावहारिक रूपमा ग्राहकका लागि निकै उपयोगी छ। त्यस्तै, कम बजेटमा प्रिमियम लुक्स र डिजाइन चाहने ग्राहकहरूका लागि सिजीएमएस२२०एलआरआई र सिजीएमएस२२०एलबिआइ मोडलहरूमा आकर्षक एप्रोन बेस राखिएको छ।
– सुरक्षा : सुरक्षित भण्डारणका लागि सबै मोडलमा लक एन्ड की को सुविधा छ।
सिजी ब्रान्डको मूल नारा “इक्स्पिरीअन्स लाइभ विथ सीजी” ले सधैँ ग्राहकहरूको जीवनस्तर उकास्ने र भान्साका दैनिक कार्यहरूलाई सहज बनाउने कुरामा जोड दिने बताइएको छ । यसै नारालाई आत्मसात गर्दै, आधुनिक प्रविधि, ग्राहकको व्यावहारिक आवश्यकता (जस्तै : ड्राइ बास्केट), उत्कृष्ट डिजाइन र बिजुली बचत गर्ने क्षमतासहित यी नयाँ फ्रिजहरू बजारमा ल्याइएको जनाइएको छ । यसले हरेक नेपाली परिवारलाई स्मार्ट र झन्झटमुक्त जीवनशैलीको नयाँ अनुभव प्रदान गर्ने कम्पनीको दाबी रहेको छ।
कम्पनीका अनुसार, सिजी मेरिडिया सिजी ब्रान्डको प्रिमियम सिग्नेचर सिरिज रहनुका साथै अत्याधुनिक प्रविधि, उत्कृष्ट डिजाइन र विलासीपनको अनुपम संयोजनबाट यस सिरिजका उपकरणहरू तयार पारिन्छन्। आधुनिक जीवनशैलीलाई अझै परिष्कृत र सुविधायुक्त बनाउने उद्देश्यले डिजाइन गरिएको सिजी मेरिडियाले घर र भान्साको शोभा बढाउनुका साथै ग्राहकहरूलाई उच्च स्तरको कार्यक्षमता र प्रिमियम अनुभव प्रदान गर्दै आइरहेको बताइएको छ।
४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ता इलेक्ट्रोनिक्स बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सीजी इलेक्ट्रोनिक्सले गुणस्तरीय उत्पादन, नवप्रवर्तन र उत्कृष्ट सेवामार्फत लाखौं नेपाली परिवारको विश्वास जितेको छ। सिजी ब्रान्डका यी नयाँ ‘मेरिडिया सिरिज’ फ्रिजहरू देशभर रहेका २१ वटा अत्याधुनिक सिजी डिजिटलका शोरुमहरू, कम्पनीका आधिकारिक वेबसाइट तथा सिजी ब्रान्डका उत्पादन पाइने नेपालका जुनसुकै आधिकारिक बिक्री केन्द्रहरूबाट सहजै खरिद गर्न सकिने र ४० वटा सेवा केन्द्रहरूमार्फत कम्पनीले बिक्रीपछिको सेवा सुनिश्चित गर्दै आएको जनाएको छ ।
सम्बन्धित समाचार
मोटरसाइकलको ठक्करबाट घाइतेको उपचारको क्रममा निधन
ट्रन्क्यूलिटी स्पा बन्यो नेपालको पहिलो र एकमात्र आईएसओ ९००१ः२०१५ प्रमाणपत्र प्राप्त स्पा तथा वेल्नेश ब्राण्ड
कुमारी बैंकले २.५८ लाख संस्थापक सेयर बिक्रीमा ल्यायो, संस्थापकले ३५ दिनभित्र आवेदन दिनुपर्ने
बिजुली बिक्रीमा उछाल, सुपर मादी हाइड्रोपावरको नाफा २७८ प्रतिशतले बढ्यो
आजदेखि दुई सिफ्टमा विद्युतीय राहदानी सेवा, सार्वजनिक बिदामा पनि कार्यालय खुला
आज सुनको मूल्यमा वृद्धि, चाँदीको मूल्य भने सामान्य गिरावट
ट्रेन्डिङ
जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता
२०८३ साउन १३ गते बुधवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

