करदाता प्रोत्साहन उपहार कार्यक्रम साउन २१ देखि लागु, पीएसपीलाई एप अपडेट गर्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं । सरकारले घोषणा गरेको ‘बिलमा आधारित करदाता प्रोत्साहन उपहार कार्यक्रम–२०८३’ आगामी साउन २१ गतेदेखि कार्यान्वयनमा आउने भएको छ। कार्यक्रम सञ्चालनका लागि आन्तरिक राजस्व विभागले आवश्यक कार्यविधि तयार गरिसकेको छ।
कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी सेवा प्रदायक (पीएसपी) कम्पनीहरूलाई आवश्यक प्राविधिक तयारी पूरा गर्न निर्देशन दिएको छ। राष्ट्र बैंकले बिहीबार जारी गरेको परिपत्रमार्फत अनुमतिपत्रप्राप्त सबै पीएसपी संस्थालाई विद्युतीय प्रणालीबीच आवश्यक अन्तरआबद्धता (इन्टरअपरेबिलिटी) सुनिश्चित गर्न भनेको हो।
परिपत्रअनुसार सबै पीएसपी कम्पनीहरूले आफ्नो मोबाइल एपमा ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम–२०८३’ सम्बन्धी बारम्बार सोधिने प्रश्न (एफएक्यू) समेटिएको छुट्टै खण्ड राख्नुपर्नेछ।
यस्तै, साउन २१ गतेदेखि सेवाग्राहीले मोबाइल एपमार्फत नै कार्यक्रममा सहभागी हुन सक्ने व्यवस्था अनिवार्य रूपमा मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ।
यदि कार्यक्रम सञ्चालनका लागि मोबाइल एप अद्यावधिक (अपडेट) गर्नुपर्ने अवस्था आएमा त्यससम्बन्धी सूचना समयमै ग्राहकलाई पठाउन तथा आवश्यक जानकारी उपलब्ध गराउन पनि राष्ट्र बैंकले पीएसपी कम्पनीहरूलाई निर्देशन दिएको छ।
सरकारले विद्युतीय भुक्तानीको प्रयोग बढाउने, बिल लिने–दिने संस्कृतिलाई प्रोत्साहन गर्ने तथा कर प्रणालीलाई थप पारदर्शी बनाउने उद्देश्यले यो कार्यक्रम सञ्चालनमा ल्याउन लागेको हो।
सम्बन्धित समाचार
एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि ‘प्रि–ओन्ड ईभी’ कर्जा सुरु
सुन-चाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
आजदेखि ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल’ सुरु हुँदै
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
सिजी ब्रान्डले आफ्नो ‘मेरिडिया सिरिज’ अन्तर्गत बजारमा ल्यायो अत्याधुनिक प्रविधिसहितका ४ नयाँ ‘सिंगल डोर’ फ्रिजहरू
ट्रेन्डिङ
जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता
२०८३ साउन १३ गते बुधवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
कुमारी बैंकले २.५८ लाख संस्थापक सेयर बिक्रीमा ल्यायो, संस्थापकले ३५ दिनभित्र आवेदन दिनुपर्ने
२०८३ साउन १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो

