मस्कको ‘स्पेश एक्स रकेट’ भडकिएर चन्द्रमामा ठोक्किने, दोस्रो पटक रकेट भुलबस ठोक्किदैँ
वाशिंगटन । एलन मस्कको स्पेस एक्सको एउटा अनियन्त्रित रकेट चन्द्रमासँग ठोक्किन तीव्र गतिमा अघि बढिरहेको छ। यो स्पेस एक्सको ‘फाल्कन ९’ रकेटको माथिल्लो भाग हो, जसलाई सन् २०२५ को जनवरीमा प्रक्षेपण गरिएको थियो। यसले आफूसँग दुईवटा ‘लुनर ल्यान्डर’ अर्थात चन्द्रमामा अवतरण गर्ने यान बोकेको थियो।
जो अब बुधबार, रकेटको उक्त भाग उच्च गतिमा चन्द्रमासँग ठोक्किनेछ। यस ठोक्कइले चन्द्रमाको सतहबाट धुलोको मुस्लो उडाउनेछ, जुन घटनाको अवलोकन गर्न वैज्ञानिकहरू निकै उत्साहित छन्।
अन्तरिक्ष विज्ञ बिल ग्रेलाई उद्धृत गर्दै अन्तराष्ट्रिय समाचार संस्थाहरूले जनाए अनुसार यो ठोक्किए पछिको गति प्रतिघन्टा ८,७०० किलोमिटरभन्दा बढी अर्थात् ध्वनिको गतिभन्दा सात गुणा बढी हुन सक्छ। यो ठोक्किएने घटना चन्द्रमाको सूर्यको प्रकाश पर्ने पश्चिमी भागमा रहेको ‘आइन्स्टाइन क्रेटर’नजिकै हुनेछ।
यो घटना संयुक्त राज्य अमेरिकामा बिहानको समयमा हुने भएकाले अमेरिका र क्यानडाका पूर्वी भागहरूका साथै दक्षिण अमेरिकाका अधिकांश क्षेत्रबाट यसलाई स्पष्ट रूपमा देख्न सकिनेछ।
ओपेन सोर्स सर्वर एआर एक्सआइभी नामकमा प्रकाशित अन्तर्राष्ट्रिय टोलीको एक अध्ययनले जनाए अनुसार उक्त रकेट ठोक्किए पछि उत्पन्न हुने धुलोको बादल चन्द्रमाको छेउमा रहेको अँध्यारो आकाशमा देखिन सक्ने गरी पर्याप्त उज्यालो हुन सक्छ। यसको अर्थ संवेदनशील टेलिस्कोप भएका अन्तरिक्ष प्रेमीहरूले पनि यसलाई अवलोकन गर्न सक्छन्।
यो ठोक्किएपछि उत्पन्न हुने प्रभाव चन्द्रमाको पृथ्वीतर्फ फर्केको भागमा पर्नेछ र यसबाट तीन टन ‘टिएनटी’ विस्फोटक पदार्थ बराबरको ऊर्जा निस्किनेछ। विज्ञहरूका अनुसार ठोक्किए पछि देखिने चमक एक सेकेन्डभन्दा कम समयका लागि मात्र रहनेछ यद्यपि यसबाट निस्किएका अवशेषहरू कैयौं किलोमिटर क्षेत्रमा छरिने छन् र टेलिस्कोपमार्फत केही मिनेटसम्म देखिन सक्छन्।
विशेषज्ञहरूको अनुमान अनुसार रकेट ठोक्किएपछि निस्कने भग्नावशेषको मुस्लो ७५ देखि १०० किलोमिटरको उचाइसम्म पुग्नेछ। टेक्सास विश्वविद्यालयका अनुसन्धान सहयोगी विलियम जोले स्पेस डटकमलाई बताए अनुसार ठोक्किए पछिका सुरुवाती मिनेटहरूमा यो मुस्लो आकाशको अँध्यारो पृष्ठभूमि भन्दा कैयौं गुणा बढी चम्किलो हुनेछ।
खासमा स्पेस एक्सको यो रकेट चन्द्रमामा ठोक्किने कुनै योजना थिएन। अन्तरिक्ष विज्ञहरूका अनुसार यदि रकेटको माथिल्लो भागलाई सूर्यको वरिपरिको कक्षमा पठाइएको भए उक्त ठोक्किएर हुने दुर्घटनालाई टार्न सकिन्थ्यो। चन्द्रमामा दुर्घटनावश ठोक्किएको यस्तो प्रकारको यो दोस्रो रकेट हो, यसअघि सन् २०२२ मा चिनियाँ रकेटको एउटा भागले चन्द्रमाको पल्लो भागमा ठोक्किदा दुईवटा खाडल बनाएको थियो।
सम्बन्धित समाचार
दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
विश्वको ३० प्रतिशत ब्यापार हुने लालसागरको सुरक्षाका लागि साउदीले महागठबन्धन बनाउँदै
नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
ट्रेन्डिङ
वाणिज्य बैंकहरूको बेस रेट घट्दै, सस्तो ब्याजमा ऋण लिन सहज
सुन-चाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता
एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि ‘प्रि–ओन्ड ईभी’ कर्जा सुरु
२०८३ साउन १३ गते बुधवार,यस्तो रहेको छ तपाईको आजको राशिफल

