फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
जुरिच । फिफाले सन् २०३० को संस्करणका लागि विश्वकपमा सहभागी टोलीको संख्या ४८ बाट बढाएर ६४ पुर्याउने सम्भावनाबारे अध्ययन गरिरहेको छ। यो कदमले फुटबलको यस प्रतिष्ठित प्रतियोगिताको स्वरूपलाई नै परिवर्तन गर्न सक्छ, जुन प्रतियोगिताले त्यसबेला आफ्नो शताब्दी वर्ष मनाउँदै गरेको बेलामा हुनेछ ।
विश्व फुटबलको सर्वोच्च निकाय यो महत्वाकांक्षी विस्तार योजनाको मूल्यांकन गर्न एक स्वतन्त्र निकाय नियुक्त गर्न चाहन्छ। यस योजनाले प्रतियोगितामा थप १६ राष्ट्रहरूलाई समावेश गर्नेछ, जबकि सन् २०२६ मा नै टोलीको संख्या ३२ बाट बढाएर ४८ पुर्याइ सकिएको छ।
एक अनुसन्धान प्रतिवेदनमा भनिएको छ, ‘फिफा सन् २०३० को संस्करणदेखि विश्वकपमा सहभागी राष्ट्रिय टोलीको संख्या ४८ बाट बढाएर ६४ पुर्याउँदा प्रतियोगिताको स्वरूपमा कस्तो प्रभाव पर्छ भन्ने कुरा निर्क्यौ गर्न एक स्वतन्त्र निकाय नियुक्त गर्न चाहन्छ।’
दक्षिण अमेरिकी फुटबल महासंघले गत वर्ष नै ६४ टोलीको सहभागितामा सन् २०३० को विश्वकप आयोजना गर्ने प्रस्ताव औपचारिक रूपमा अघि सारि नै सकेको छ ताकि प्रतियोगिताको शताब्दी संस्करणको उत्सवमा थप देशहरूलाई सहभागी हुने अवसर मिलोस्। तर,युइएफएका अध्यक्ष अलेक्जेन्डर सेफेरिनले गत वर्ष विश्वकपलाई ६४ टोलीमा विस्तार गर्ने विचार राम्रो नभएको बताएका थिए।
अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने सन् २०२६ को संस्करण सन् १९९८ यता ३२ टोलीको ढाँचाबाट बाहिर निस्कने पहिलो संस्करण हो। यसमा थप ४ समूह र एउटा अतिरिक्त नकआउट चरण समावेश गरिएको छ, जसका कारण पाँच साताभन्दा बढी समयसम्म १०४ खेलहरू भएका थिए । त्यसयता युरोपेली फुटबल निकायको अडानमा कुनै परिवर्तन आएको छैन।
उता, एसियाली फुटबल महासंघका अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफाले पनि यसको विरोध गर्दै गत वर्ष प्रश्न उठाएका थिए कि यो विस्तार कहाँ गएर टुंगिने हो।
फिफाको प्रस्तावित विश्लेषणको उद्देश्य यो पत्ता लगाउनु हो कि प्रस्तावित विस्तारले प्रतियोगितालाई बलियो बनाउन सक्छ वा प्रतिस्पर्धाको गुणस्तर खस्कने, खेल तालिकामा अत्यधिक चाप पर्ने, सञ्चालनमा जटिलता आउने र बजारमा अति संतृप्ति हुने जस्ता चिन्ताहरूले सम्भावित फाइदाहरूलाई ओझेलमा पार्ने छन्।
यस अध्ययनले प्रतियोगितालाई ६४ टोलीमा विस्तार गर्दा पर्ने सम्भावित प्रभावहरूको जाँच गर्नेछ, जसमा प्रतिस्पर्धा, प्रतिस्पर्धात्मक सन्तुलन, छनोट प्रक्रिया, खेलाडीको हित र अन्तर्राष्ट्रिय खेल तालिकामा पर्ने असरहरू समावेश हुनेछन्।
यसले प्रस्तावित ढाँचा अन्तर्गत टिकट बिक्री, प्रायोजन र मिडिया अधिकारबाट प्राप्त हुन सक्ने राजस्वको अनुमान पनि गर्नेछ। ‘अन्तिम सिफारिसले ६४ टोलीको प्रतियोगिताले थप मूल्य सिर्जना गर्न सक्छ कि सक्दैन भन्ने मात्र होइन, बरु त्यो मूल्य दिगो हुन्छ कि हुँदैन भन्ने कुरा पनि देखाउनु पर्छ,’ उक्त दस्तावेजमा थप उल्लेख गरिएको छ।
फिफाले एजेन्सी छनोटसम्बन्धी निर्णय १४ अगस्टमा गरिने र छनोट हुने एजेन्सीले ११ सेप्टेम्बरसम्म आफ्नो विश्लेषण बुझाउन जम्मा ४ हप्ताको समय पाउने बताएको छ।
सन् २०३० को विश्वकप मोरक्को, पोर्चुगल र साविक विजेता स्पेनले संयुक्त रूपमा आयोजना गर्दैछन् भने प्रतियोगिताको १००औँ वार्षिकोत्सव मनाउनका लागि उपविजेता अर्जेन्टिना तथा दक्षिण अमेरिकी राष्ट्र पाराग्वे र उरुग्वेले पनि एक एक खेल आयोजना गर्नेछन्।
सम्बन्धित समाचार
बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलमा प्रतिलिटर ३ र डिजेलमा ५ रुपैयाँ वृद्धि
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
देशभर मनसुनी वायुको प्रभाव कायमै : केही प्रदेशमा भारी वर्षाको सम्भावना
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
ट्रेन्डिङ
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
वाणिज्य बैंकहरूको बेस रेट घट्दै, सस्तो ब्याजमा ऋण लिन सहज
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो
विश्वको ३० प्रतिशत ब्यापार हुने लालसागरको सुरक्षाका लागि साउदीले महागठबन्धन बनाउँदै
नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

