पृथ्वीमा ‘अमासिया’ नामक नयाँ महामहाद्वीपको जन्म हुदाँ प्रशान्त महासागर हराउने
वाशिंगटन । वैज्ञानिकहरूले विश्वको सबैभन्दा ठूलो महासागरका सम्बन्धमा अत्यन्त चिन्ताजनक भविष्यवाणी गरेका छन्। उनीहरू यस महासागरको अस्तित्वलाई लिएरै चिन्तित छन्। वैज्ञानिकहरूले प्रशान्त महासागर खुम्चिनुको कारण टेक्टोनिक प्लेटहरूलाई मानेका छन्। पृथ्वीको सतहको सबैभन्दा विशाल संरचना मानिने प्रशान्त महासागर क्रमशः खुम्चिँदै गइरहेको छ । यो तथ्य जति आश्चर्यजनक छ, त्यति नै स्तब्ध पार्ने खालको पनि छ।
नोआ ओशन एक्सपोलनरले आफ्नो प्रतिवेदनमा प्रशान्त महासागर १५ करोड ५० लाख वर्ग किलोमिटर ९करिब ६ करोड वर्ग माइल० भन्दा बढी क्षेत्रफलमा फैलिएको उल्लेख गरेको छ। पृथ्वीका सबै महादेश र टापुहरूको कुल जमिनको क्षेत्रफल करिब १४ करोड ९० लाख वर्ग किलोमिटर छ। यसरी हेर्दा प्रशान्त महासागर एक्लै ती सबैको संयुक्त क्षेत्रफलभन्दा ठूलो छ र अझै पनि प्रशस्त ठाउँ बाँकी रहन्छ।
यसले पृथ्वीको सतहको करिब एक तिहाइ भाग ओगटेको छ र विश्वका महासागरहरूमा पाइने कुल पानीको लगभग आधा हिस्सा यसैमा रहेको छ। धेरैजसो मानिसहरूले विशाल जलराशिका रूपमा हेर्ने आन्ध्र महासागरमा प्रशान्त महासागरको तुलनामा आधा मात्र पानी छ।
प्रशान्त महासागरको उत्पत्ति करिब २० देखि २५ करोड वर्षअघि भएको हो, जब ‘पन्जिया’ नामक विशाल महाद्वीप टुक्रियो र ‘पान्थालासा’ नामक प्राचीन विशाल महासागर विभाजित भयो। टेक्टोनिक प्लेटहरूले जमिनका भागहरूलाई एक अर्काबाट टाढा धकेल्दा एटलान्टिक महासागरको निर्माण भयो र विशाल पान्थालासा खुम्चिएर हाल हामीले चिन्ने प्रशान्त महासागरको रूप लियो।
प्रतिवेदनका अनुसार प्रशान्त महासागर धेरैजसो भागमा ‘सबडक्सन जोन’ वा प्लेटहरू एक अर्कामुनि धसिने क्षेत्रहरूद्वारा घेरिएको छ। यस क्षेत्रलाई ‘रिङ अफ फायर’ भनेर चिनिन्छ, यो न्युजिल्यान्डदेखि जापान हुँदै एन्डिज पर्वतमालासम्म महासागरका किनाराहरूमा फैलिएको खाडल, भूकम्प र ज्वालामुखीहरूको एक घेरा हो। यद्यपि प्रशान्त महासागरमा ‘इस्ट प्यासिफिक राइज’ नामक समुद्री पिँधको फैलावट हुने क्षेत्रपनि रहेको छ तर यसको भू सतहको ठूलो हिस्सा वरपरका खाडलहरूमा विलीन भइरहेको हुनाले समग्रमा यो महासागरीय बेसिन खुम्चिँदै गइरहेको छ।
वैज्ञानिक प्रतिवेदनहरूका अनुसार यिनै खाडलहरूमा महासागर आफ्नो अधिकतम गहिराइ र सबैभन्दा चरम अवस्थामा पुग्छ। पश्चिमी प्रशान्त महासागरमा अवस्थित ‘मारियाना ट्रेन्च’ पृथ्वीको सबैभन्दा गहिरो स्थान हो। यसको गहिराइ करिब ११,००० मिटर छ, जुन सगरमाथालाई उल्टो पारेर राख्दा हुने उचाइभन्दा पनि बढी हो।
यो ‘सबडक्सन जोन’ हो अर्थात् यस्तो विन्दु वा क्षेत्र जहाँ प्रशान्त महासागरीय प्लेट तलतिर झुकेर पृथ्वीको भित्री भागतिर धसिँदै गइरहेको छ। कुनै पनि महासागरको सबैभन्दा गहिरो भाग ठीक त्यसै प्रक्रियाको माथि अवस्थित हुन्छ, जसले बिस्तारै उक्त महासागरलाई बन्द गर्दैछ। प्रशान्त महासागर निकै स्थिर दरमा अर्थात् अत्यन्तै सुस्त गतिमा खुम्चिँदै गइरहेको छ, यस्तो परिवर्तन लाखौं वर्षको अन्तरालमा मात्र स्पष्ट रूपमा देखिने गर्छ।
भविष्यमा प्रशान्त महासागर पूर्ण रूपमा बन्द हुन सक्छ। सन् २०२२ मा अस्ट्रेलियाको कर्टिन विश्वविद्यालयका चुआन हुआङको नेतृत्वमा रहेको एउटा टोलीले महाद्वीपहरू कुन दिशामा सर्दैछन् भन्ने पत्ता लगाउन सुपरकम्प्युटर सिमुलेसनको प्रयोग गरेको थियो। ‘नेशनल साइन्स रिभ्यू’ नामक जर्नलमा प्रकाशित र विश्वविद्यालयद्वारा सार्वजनिक गरिएको उनीहरूको निष्कर्ष अनुसार आगामी २० देखि ३० करोड वर्षभित्र प्रशान्त महासागर बन्द हुने बलियो सम्भावना छ।
फलस्वरूप, अमेरिका र एसिया एकआपसमा जोडिएर ‘अमासिया’ नामक नयाँ महा महाद्वीपबन्नेछ। अस्ट्रेलिया पहिले नै प्रतिवर्ष करिब ७ सेन्टिमिटरको गतिमा एसियातर्फ सरिरहेको छ। भविष्यका अन्य सिमुलेसनहरूले एट्लान्टिक महासागर बन्द हुने र प्रशान्त महासागरको विस्तार जारी रहने अनुमान गरेका छन्, जसका कारण विभिन्न नामका महा महाद्वीपहरूको निर्माण हुनेछ र विभिन्न राष्ट्रहरू आपसमा ठोक्किने छन्।
सम्बन्धित समाचार
एलजीको नयाँ एआई प्रविधिले बदल्दै घरायसी जीवन, नेपालमा सार्वजनिक भयो २०२६ को स्मार्ट उत्पादन शृंखला
नेपाल आइपुग्यो लिपमोटर बी०३एक्स, छिट्टै औपचारिक लन्च हुँदै
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
एनएमबि बैंकद्वारा आर्थिक वर्ष २०८२/८३ मा रु.४ अर्बभन्दा बढी खुद नाफा
३०६ वर्ष पुरानो कीर्तिमान तोड्दै सबैभन्दा कम उमेरमा किशोर बने प्राध्यापक
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
ट्रेन्डिङ
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो
वाणिज्य बैंकहरूको बेस रेट घट्दै, सस्तो ब्याजमा ऋण लिन सहज
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
विश्वको ३० प्रतिशत ब्यापार हुने लालसागरको सुरक्षाका लागि साउदीले महागठबन्धन बनाउँदै

