Jankari Kendra
१९ श्रावण २०८३, मंगलवार
Worldlink

एलजीको नयाँ एआई प्रविधिले बदल्दै घरायसी जीवन, नेपालमा सार्वजनिक भयो २०२६ को स्मार्ट उत्पादन शृंखला

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८३, श्रावण, १९
एलजीको नयाँ एआई प्रविधिले बदल्दै घरायसी जीवन, नेपालमा सार्वजनिक भयो २०२६ को स्मार्ट उत्पादन शृंखला

काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिङ्गापुरले सीजि इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपालमा ‘एक्सपिरियन्स एआई : एफेक्सनेट इन्टेलिजन्स’ प्रदर्शनीमार्फत २०२६ को एआई सञ्चालित उत्पादन शृंखला सार्वजनिक गरेको छ।

मिनभवनस्थित एलजी ब्रान्डशप मा सुरु भएको प्रदर्शनीमा एआई टेलिभिजन, अडियो सिस्टम, वासिङ मेसिङ, रेफ्रिजेरेटर तथा एलजी थिनक्यू स्मार्ट होम सोलुसन लगायतका नवीनतम उत्पादनहरू प्रदर्शनमा राखिएका छन्।

४ भदौदेखि १४ असोज २०८३ सम्म सञ्चालन हुने प्रदर्शनीमा एआईमा आधारित घरायसी उपकरणहरूको प्रदर्शन गरिनेछ, जसले स्मार्ट, आपसमा जोडिएको र ऊर्जा–दक्ष जीवनशैलीको अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।

प्रदर्शनीको उद्घाटन एलजी इलेक्ट्रोनिक्स सिङ्गापुर , बंगलादेश ब्रान्चका प्रमुख सुङहो चुनले गरेका थिए। उनका अनुसार, ‘अफेक्सनेट इन्टेलिजेन्स’ अवधारणाले प्रयोगकर्ताको बानी, आवश्यकता र जीवनशैलीलाई बुझेर त्यसअनुसार सेवा दिने उद्देश्य राख्छ।

एआई टिभी ले प्रयोगकर्ताको रुचिअनुसार चित्र र ध्वनि स्वतः मिलाउने, एआई वासिङ मेसिङले कपडाको प्रकारअनुसार धुने प्रक्रिया छनोट गर्ने, एआई रेफ्रिजेरेटरले खाद्य सामग्रीलाई लामो समयसम्म ताजा राख्दै ऊर्जा बचत गर्ने तथा एलजी थिनक्यूले घरका सबै स्मार्ट उपकरणलाई एउटै प्लेटफर्मबाट सञ्चालन गर्न सकिने सुविधा प्रदान गर्ने कम्पनीले बताएको छ।

नेपालमा एलजी उत्पादनहरूको आधिकारिक राष्ट्रिय वितरक सीजि इलेक्ट्रोनिक्सका अनुसार नयाँ एआई उत्पादनहरूले नेपाली उपभोक्तालाई अझ सहज, सुरक्षित र स्मार्ट जीवनशैली अनुभव गराउने अपेक्षा गरिएको छ।

कम्पनीले ४० वर्षभन्दा लामो साझेदारीमार्फत नेपाली बजारमा एलजीलाई विश्वसनीय प्रिमियम इलेक्ट्रोनिक्स ब्रान्डका रूपमा स्थापित गरेको उल्लेख गर्दै २०२६ को नयाँ एआई टेलिभिजन, अडियो सिस्टम,रेफ्रिजेरेटर, वासिङ मेसिङ, लगायतका सम्पूर्ण उत्पादनहरू देशभरका एलजी ब्रान्ड स्टोस तथा प्रमुख बिक्री केन्द्रहरूमा प्रदर्शन तथा बिक्रीका लागि उपलब्ध रहेको जनाएको छ।

Top Changing Nepal

युट्युब सट्स