Jankari Kendra
२० श्रावण २०८३, बुधबार
Worldlink

एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८३, श्रावण, २०
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक

काठमाडौं । निजी दूरसञ्चार सेवा प्रदायक एनसेलले मनसुन यामलाई लक्षित गर्दै आफ्ना प्रिपेड ग्राहकका लागि ‘मनसुन अफर’ सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो योजनाअन्तर्गत नयाँ सिम खरिद गर्ने वा तोकिएका डेटा तथा भ्वाइस प्याक एक्टिभेट गर्ने ग्राहकले ५ देखि २० प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

एनसेलले ग्राहकको डिजिटल अनुभवलाई थप सहज र लाभदायक बनाउने उद्देश्यले उक्त अफर ल्याएको बताएको छ। योजना अनुसार रु. ५० वा सोभन्दा माथिका योग्य प्याक खरिद गर्नेबित्तिकै ग्राहकले रिवार्ड पुष्टि भएको एसएमएस प्राप्त गर्नेछन्। प्राप्त क्यासब्याक ‘एनसेल एप’मा रहेको ग्राहकको खातामा जम्मा हुनेछ, जसलाई २४ घण्टाभित्र दाबी गर्नुपर्नेछ। दाबी गरिएको रकम जारी भएको सात दिनभित्र प्रयोग गरिसक्नुपर्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार रु. ५० देखि ९९ सम्मका प्याकमा ५ प्रतिशत, रु. १०० देखि २०० सम्मका प्याकमा १० प्रतिशत, रु. २०१ देखि ४९९ सम्मका प्याकमा १५ प्रतिशत तथा रु. ५०० वा सोभन्दा माथिका प्याकमा २० प्रतिशतसम्म क्यासब्याक उपलब्ध हुनेछ। प्राप्त क्यासब्याक नगदमा साट्न वा अन्य व्यक्तिलाई स्थानान्तरण गर्न नमिल्ने भए पनि ग्राहकले यसलाई आगामी खरिदका लागि प्रयोग गर्न सक्नेछन्।

एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्तले ग्राहकलाई थप सुविधा र मूल्य प्रदान गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको बताए । उनका अनुसार कम्पनीले प्रत्येक प्याक खरिदलाई थप लाभदायक बनाउँदै ग्राहकलाई एनसेल एपमार्फत उपलब्ध डिजिटल सेवाको अनुभव विस्तार गर्ने लक्ष्य राखेको छ। उनले हिमालयन जाभा, ट्रिप टर्बो र अल्टिमा लगायतका साझेदार सेवासमेत एपमा समेट्दै यसलाई बहुउपयोगी डिजिटल प्लेटफर्मका रूपमा विकास गरिरहेको जानकारी दिए।

एनसेलले भ्वाइस र डेटा सेवाभन्दा बाहिर गएर समग्र डिजिटल इकोसिस्टम निर्माण गर्ने रणनीतिअन्तर्गत यस्तो अभियान सञ्चालन गरेको जनाएको छ। सीमित अवधिका लागि लागु हुने यो अफर एनसेलका सबै प्रिपेड ग्राहकका लागि उपलब्ध रहने कम्पनीले उल्लेख गरेको छ।

Top Changing Nepal

युट्युब सट्स