वाणिज्य बैंकहरूको बेस रेट घट्दै, सस्तो ब्याजमा ऋण लिन सहज
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग सुस्त बनेसँगै वाणिज्य बैंकहरूको आधार दर (बेस रेट) लगातार घट्दै गएको छ। यससँगै बैंकहरूको कर्जा ब्याजदर पनि ओरालो लाग्ने क्रम जारी रहेको छ।
असारमा औसत ४.९७ प्रतिशत रहेको २० वटै वाणिज्य बैंकको आधार दर साउनमा घटेर ४.८९ प्रतिशतमा झरेको छ। बैंकहरूले हाल कर्जाको प्रकृतिअनुसार आधार दरमा १.५ देखि ५ प्रतिशतसम्म प्रिमियम थपेर ब्याज निर्धारण गर्दै आएका छन्।
साउन महिनाको आधार दरअनुसार राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा सस्तो ब्याजदरमा ऋण उपलब्ध गराइरहेको छ। बैंकको आधार दर ४.२७ प्रतिशत रहेको छ। त्यसपछि स्ट्याण्डर्ड चार्टर्ड बैंक (४.२१ प्रतिशत), एभरेष्ट बैंक (४.३८ प्रतिशत), नबिल बैंक (४.४४ प्रतिशत) र नेपाल बैंक (४.५० प्रतिशत) रहेका छन्।
यता, एनआईसी एशिया बैंक र नेपाल एसबिआई बैंकको आधार दर क्रमशः ५.९१ प्रतिशत र ५.२१ प्रतिशत रहेकाले यी बैंकबाट ऋण लिँदा तुलनात्मक रूपमा बढी ब्याज तिर्नुपर्ने हुन सक्छ।
विशेषज्ञहरूका अनुसार ऋण छनोट गर्दा आधार दर मात्र होइन, प्रिमियम, सेवा शुल्क तथा कर्जाका अन्य सर्तहरू पनि तुलना गरेर निर्णय गर्नु उपयुक्त हुन्छ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


