नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
काठमाडौं । नेपाल हियरिङ एन्ड स्पिच क्लिनिक प्रा.लि.को आयोजनामा बालबालिकाको श्रवण परीक्षण, मूल्याङ्कन तथा प्रारम्भिक व्यवस्थापन र पुनर्स्थापना योजनासम्बन्धी एकदिने विशेष कार्यशाला सम्पन्न भएको छ।
“Advanced Pediatric Assessment – Early Intervention Planning” विषयमा आयोजित कार्यक्रममा बेलायतबाट आएका पेडियाट्रिक अडियोलोजिस्ट बिबेक भट्टराई, NHS Glasgow, युके ले प्रशिक्षण प्रदान गरेका थिए।
कार्यशालामा अडियोलोजी अध्ययनरत विद्यार्थी, नवप्रवेशी तथा अनुभवी अडियोलोजिस्ट गरी ६५ जनाको सहभागिता रहेको थियो। कार्यक्रममा बालबालिकाको श्रवण समस्या पहिचान, आधुनिक परीक्षण तथा मूल्याङ्कन विधि, नतिजाको विश्लेषण र त्यसपछि अपनाउनुपर्ने व्यवस्थापन तथा पुनर्स्थापना योजनाबारे ज्ञान तथा अनुभव आदानप्रदान गरिएको थियो।
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकले नेपालको अडियोलोजी समुदायको ज्ञान तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ।

सम्बन्धित समाचार
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


