नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
काठमाडौं । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेडले आगामी भदौ ९ गते देखि १४ गतेसम्म भृकुटीमण्डप काठमाडौंमा आयोजना हुन गईरहेको नाडा अटो शो २०२६ लाई लक्षित गदै ग्राहकहरुका लागि विशेष तथा आकर्षक अटो लोन अफर सार्वजनिक गरेको छ ।
यस अवसरमा नेपाल बैंकले सबैखाले (विद्युतीय र अन्य) नयाँ निजी तथा व्यापारीक सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुलाई सहज, सरल र प्रतिस्पर्धी वित्तीय सुविधा उपलब्ध गराउने उद्देश्यले विशेष अटो लोन योजना ल्याएको हो । यस योजना अन्तर्गत ग्राहकहरुले नाडा अटो शोमा नेपाल बैंक लिमिटेडबाट कर्जा लिई जुनसुकै ब्राण्डको सवारी साधन खरिद गर्दा बैंकको आधार दरमा ०.४९ प्रतिशत थप गरि हुन आउने ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्।
त्यसैगरि यसरी कर्जा उपभोग गर्दा कर्जा प्रशासनिक शूल्कमा ०.५ प्रतिशत मात्र सेवा शूल्क लाग्ने र कर्जा उपभोग गर्ने ग्राहकले विना कुनै शूल्क रु. तीन लाख सम्मको क्रेडिट कार्ड (लाइफटाइम) को सुविधा पनि प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
सम्बन्धित समाचार
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
टिभिएसको दुबई सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय अवार्ड, आफ्टर–सेल्स सेवामा नेपालको उत्कृष्टता
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
