भोटेकोशीमा बाढीको जोखिम तत्काल नरहेको पूर्वानुमान महाशाखाको निष्कर्ष
काठमाडौं । भोटेकोशी नदीमा पानीको बहाव बढेको खबरपछि त्रसित बनेका तटीय क्षेत्रका नागरिकलाई जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आश्वस्त पारेको छ। महाशाखाले हाल रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा ठूलो बाढीको खतरा नरहेको स्पष्ट पारेको हो।
आज बिहान ५ः४५ बजे अद्यावधिक सूचना जारी गर्दै महाशाखाले जिल्ला प्रहरी कार्यालय रसुवाको पछिल्लो वस्तुस्थिति विवरणका आधारमा तटीय क्षेत्रमा तत्काल कुनै ठूलो विपद्को जोखिम नरहेको जानकारी दिएको छ।
महाशाखाका अनुसार नदी सुसाएको र बहाव बढेको प्रारम्भिक सूचनापछि गरिएको अनुगमनमा नुवाकोट क्षेत्रमा पानीको सतह केही बढेको देखिए पनि त्यो खतराको तहभन्दा तलै रहेको पाइएको छ। यसअघि सतर्कता अपनाउन आग्रह गरिए पनि पछिल्लो अवस्थालाई हेर्दा रसुवा, नुवाकोट र धादिङ हुँदै बहने नदी तटीय क्षेत्र हाल सुरक्षित रहेको महाशाखाले जनाएको छ।
सम्बन्धित समाचार
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
यमराजको पूजा र विविध झाँकीसहित आज गाईजात्रा मनाइँदै
आज देशका धेरैजसो स्थानमा वर्षाको सम्भावना
ट्रेन्डिङ
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
२०८३ भदौं ९ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल

