भोटेकोशीमा बाढीको जोखिम तत्काल नरहेको पूर्वानुमान महाशाखाको निष्कर्ष
काठमाडौं । भोटेकोशी नदीमा पानीको बहाव बढेको खबरपछि त्रसित बनेका तटीय क्षेत्रका नागरिकलाई जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आश्वस्त पारेको छ। महाशाखाले हाल रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा ठूलो बाढीको खतरा नरहेको स्पष्ट पारेको हो।
आज बिहान ५ः४५ बजे अद्यावधिक सूचना जारी गर्दै महाशाखाले जिल्ला प्रहरी कार्यालय रसुवाको पछिल्लो वस्तुस्थिति विवरणका आधारमा तटीय क्षेत्रमा तत्काल कुनै ठूलो विपद्को जोखिम नरहेको जानकारी दिएको छ।
महाशाखाका अनुसार नदी सुसाएको र बहाव बढेको प्रारम्भिक सूचनापछि गरिएको अनुगमनमा नुवाकोट क्षेत्रमा पानीको सतह केही बढेको देखिए पनि त्यो खतराको तहभन्दा तलै रहेको पाइएको छ। यसअघि सतर्कता अपनाउन आग्रह गरिए पनि पछिल्लो अवस्थालाई हेर्दा रसुवा, नुवाकोट र धादिङ हुँदै बहने नदी तटीय क्षेत्र हाल सुरक्षित रहेको महाशाखाले जनाएको छ।
सम्बन्धित समाचार
सरकारको निःशुल्क एआई तालिम कार्यक्रम,दुई हजार युवाले घरबाटै सीप सिक्न पाउने
भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
