Jankari Kendra
१५ भाद्र २०८३, सोमबार
Worldlink

२०८३ भदौं १५ गते सोमबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, भाद्र, १५
२०८३ भदौं १५ गते सोमबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

मेष राशि-
परिवारको साथ र सहयोगले मन प्रसन्न रहनेछ। धार्मिक वा सामाजिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। व्यवसायमा निर्णय लिँदा विचार पुर्‍याउनुहोला।

वृष राशि-
अनावश्यक शङ्का-उपशङ्काबाट टाढा रहनुहोला। उच्च अधिकारीहरूसामु आफ्नो क्षमता प्रदर्शन गर्ने मौका मिल्नेछ। स्वास्थ्यमा भने ध्यान दिनुहोला।

मिथुन राशि-
घरपरिवारमा मेलमिलापको वातावरण बन्नेछ। आफन्त तथा विश्वासपात्रको सहयोगले आत्मबल बढ्नेछ। सम्भव भएसम्म टाढाको यात्रा नगर्नुहोला।

कर्कट राशि-
नयाँ र गोप्य योजनाहरू सफल बन्नेछन्। सन्तानका तर्फबाट शुभ समाचार पाइनेछ भने आम्दानीका नयाँ स्रोतहरू पहिल्याउन सकिनेछ।

सिंह राशि-
कार्यक्षेत्रमा नयाँ जिम्मेवारी थपिने सम्भावना छ। विद्यार्थी वर्गका लागि अध्ययन/अध्यापनमा सफलता मिल्नेछ। व्यापारिक यात्रा फलदायी हुनेछ।

कन्या राशि-
परिस्थिति अनुकूल रहनेछ र बोलीको प्रभावले रोकिएका कामहरू सिद्ध हुनेछन्। समाजमा तपाईँको विचारको कदर हुनेछ।

तुला राशि-
नयाँ अवसरको पूर्ण लाभ लिन सक्नुहुनेछ। मेहनतले पुराना समस्याहरू सुल्झिनेछन्। खानपान र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ।

वृश्चिक राशि-
कार्यक्षेत्रमा समयमै कामहरू सम्पादन हुनेछन्। शुभचिन्तकहरूको साथ र सहयोगले अधुरा कामहरू पुनः प्रारम्भ हुनेछन्।

धनु राशि-
हतारमा नयाँ कामको थालनी नगर्नुहोला। पुराना कामहरूलाई नै निरन्तरता दिनु राम्रो हुनेछ। अरूको आश्वासनमा परेर निर्णय नलिनुहोला।

मकर राशि-
कार्य क्षेत्रमा समयमै काम पूरा हुनाले मन प्रसन्न रहनेछ। पुराना उपलब्धीले नोकरी वा पेसामा पदोन्नतिका लागि मद्दत पुर्‍याउनेछन्।

कुम्भ राशि-
आफ्नो क्षमताले अरूलाई प्रभावित पार्न सकिनेछ। नयाँ काम वा व्यवसाय सुरु गर्ने राम्रो समय छ। सम्बन्धहरूमा प्रेम र विश्वास बढ्नेछ।

मीन राशि-
नयाँ काम वा यात्रा गर्दा विशेष सजगता अपनाउनुहोला। सामाजिक क्षेत्रमा प्रभाव र प्रतिष्ठा बढ्नेछ भने वरिष्ठ व्यक्तिहरूको सहयोग प्राप्त हुनेछ।

Top Changing Nepal

युट्युब सट्स