Jankari Kendra
१६ भाद्र २०८३, मंगलवार
Worldlink

२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, भाद्र, १६
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

मेष राशि-
नयाँ कार्यको योजना बन्ने छ । साझेदारी कामको निर्णय आज नगर्नुहोला । सन्तान सुख प्राप्त हुने छ । आज राती चन्द्रमालाई विधिवत रुपले जल चढाउनु होला शुभ फल प्राप्त हुने छ ।

बृष राशि-
आर्थिक पक्ष कमजोर रहने छ । शारिरीक स्फुर्ति नहुनसक्छ । वादविवाद बढ्ने छ । आज सेतु वस्तुको प्रयोग गर्नुहोला शुभ हुने छ ।

मिथुन राशि-
पारिवारिक समस्या र झमेलामा दिन बित्ने छ । आर्थिक पक्ष सामान्य रहने छ । आत्मबल कमजोर रहने छ । मन भारि रहने छ । आज पिता वा गुरुको सम्मान गर्नुहोला शुभ फल प्राप्त हुने छ ।

कर्कट राशि-
आर्थिक प्रगति हुने छ । दाम्पत्य सुख वृद्धि हुने छ । नयाँ वस्तु खरिद गर्ने अवसर छ । साँझ चन्द्रमालाई दुध मिश्रित जल चढाउनु होला शुभ हुने छ ।

सिंह राशि-
यात्राको अवसर मिल्ने छ । धार्मीक कार्यमा मन जाने छ । सृजनात्मक र रचनात्मक कार्य हुने छ । ओम घृ सूर्याय नमः यो मन्त्र पढेर सूर्यलाई जल अपर्ण गर्नुहोला शुभ फल प्राप्त हुने छ ।

कन्या राशि-
फलामजन्य वस्तुको प्रयोग नगर्नुहोला । यात्रा गर्दा सावधान रहनु होला । साँझ तिर आकस्मीक धन लाभको योग छ । आज व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिनुहोला ।

तुला राशि-
क्रोध बढ्ने छ । नशा सम्बन्धि समस्या देखिने छ । मनोरन्जनमा मन लाग्ने छ । प्रेम स्थिर रहने छ । आज सुगन्धित वस्तुको प्रयोग गर्नुहोला शुभ रहने छ ।

वृश्चिक राशि-
मन प्रसन्न रहने छ । विशान १२ बजेसम्म नयाँ कामको अवसर प्राप्त हुने छ । साँझको समय आर्थिक पक्षका लागि राम्रो छैन । आज हनुमानजीलाई स्मरण गर्नुहोला शुभ हुने छ  ।

धनु राशि-
पारिवारीक समस्यामा दिन बित्ने छ । आमावुवाको सेवा गर्ने अवसर प्राप्त होला । सन्तान सुखमा कमी रहने छ । व्यापार  नौकरी सामान्य रहने छ । आज केरा वा पहेँलो फल दान गर्नुहोला शुभ शुने छ ।

मकर राशि-
लोकपृयता बढ्दै जाने छ । बिहान भन्दा बेलुकाको समय आनन्दमय रहने छ । पारिवारीक झमेला सामाना गर्नुपर्ने छ । आजको दिन श्रम गर्नुहोला र धैर्यता राख्नुहोला यसमा भलाई हुने छ ।

कुम्भ राशि-
वद्या र वुद्धिको क्षेत्रमा प्रगति हुने छ । पारिवारीक चिन्त बढ्ने छ । मन चन्चल रहने छ । आज कालो वस्तु वा कालो तिल दान गर्नुहोला शुभ फल प्राप्त हुने छ ।

मीन राशि-
प्रेममा मिलन हुने छ । सजावटको वस्तु सम्बन्धि सुख प्राप्त हुने छ । सामाजिक कार्यमा रुचि बढ्ने छ । भगवान विष्णुको ध्यान गर्नुहोला आजको दिन शुभ रहने छ ।

Top Changing Nepal

युट्युब सट्स