रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने
काठमाडौँ । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले विदेशमा रहेका नेपालीहरूलाई लक्षित गर्दै ‘अन्तै भए पनि आफन्तको नजिक’ अभियान सुरु गरेको छ । विदेशमा रहेर पनि आफ्ना परिवारको दैनिक तथा वित्तीय आवश्यकतासँग सहज रूपमा जोड्ने उद्देश्यले उक्त अभियान सुरु गरिएको बताइएको छ । इसेवाका अनुसार यस अभियानअन्तर्गत विदेशमा रहेका नेपालीहरूलाई नेपालमा रहेका आफन्तको इसेवा खातामा सोझै रेमिट्यान्स पठाउने सुविधाबारे जानकारी गराउनुका साथै, रेमिट्यान्सको सही उपयोग र डिजिटल भुक्तानीका फाइदाबारे जनचेतना अभिवृद्धि गरिने छ ।
हाल इसेवामा विदेशबाट इसेवाका आधिकारिक रेमिट्यान्स पार्टनरहरूमार्फत सोझै नेपालमा रहेका आफन्तको इसेवा खातामा रेमिट्यान्स पठाउन सक्ने सुविधा रहेको बताइएको छ । इसेवामा प्राप्त उक्त रकमबाट नेपालमा रहेका परिवारका सदस्यहरूले विद्युत् तथा खानेपानीको महसुल भुक्तानी, टेलिफोन तथा इन्टरनेटको बिल भुक्तानी, बीमा योजनाहरू खरिद तथा बीमाशुल्क भुक्तानी, विद्यालय शुल्क भुक्तानीलगायत दैनिक जीवनका डिजिटल भुक्तानीहरू गर्न सक्ने इसेवाले जनाएको छ । विदेशबाट प्राप्त रेमिट्यान्सलाई दैनिक जीवनका भुक्तानीहरूसँग जोडी परिवारका सदस्यहरूको जीवनमा सहजता ल्याउनका लागि इसेवा प्रतिबद्ध रहेको बताइएको छ ।
भौगोलिक दुरीमा टाढा भए पनि परिवारप्रतिको जिम्मेवारी र आत्मीयता बढाउन यस अभियानले प्रभावकारी भूमिका खेल्ने इसेवाको विश्वास रहेको छ । विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको मिहिनेतको कमाइ वैधानिक माध्यमबाट सिधै परिवारको हातमा पुर्याई त्यसबाट परिवारका दैनिक भुक्तानीहरू सुरक्षित एवम् सहज रूपमा गर्न मद्दत गर्नु यस अभियानको प्रमुख उद्देश्य रहेको जनाइएको छ ।
इसेवा खातामा सोझै रेमिट्यान्स पठाउन सकिने सुविधाले नगद झिक्न एजेन्ट वा बैंकसम्म धाउनुपर्ने झन्झटलाई अन्त्य गर्दै रेमिट्यान्स रकमलाई सोझै औपचारिक तथा डिजिटल अर्थतन्त्रसँग जोड्न मद्दत पुग्ने इसेवाको विश्वास छ। साथै, यसले वैधानिक माध्यमबाट रेमिट्यान्स भित्र्याउने सरकारी नीतिलाई सहयोग पुर्याउनुका साथै डिजिटल साक्षरता र वित्तीय पहुँच विस्तारमा समेत योगदान पुग्ने विश्वास लिइएको छ । इसेवाले विगत लामो समयदेखि डिजिटल प्रविधिको प्रयोगमार्फत वित्तीय कारोबारलाई सरल, सहज र पहुँचयोग्य बनाउँदै आएको बताएको छ ।
सम्बन्धित समाचार
५ हजारलाई स्वरोजगार बनाउने लक्ष्यसहित ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर सार्वजनिक
भेस्पा तथा अप्रिलिया खरिदमा १ लाख रुपैयाँसम्म नगद लाभ, २५ हजार रुपैयाँसम्म एक्सचेन्ज बेनिफिट र हरेक खरिदमा अनर एक्स ५ प्ले स्मार्टवाच
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
सडक बिग्रिए अब मोबाइबाटै गुनासो राख्न सकिने, काठमाडौँमा सुरु भयो ‘सडक सुझाव एप’
आज देशभर मनसुनी वायुको प्रभाव कायमै रहने
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
पशुपतिनाथका चारै ढोका भोलि खुल्दै
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर

