बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
काठमाडौं। द ब्रिटिश कलेज (टिबिसी) को भगिनी संस्था ब्रिटिश प्रोफेसनल कलेज (बिपीसी)ले काठमाडौंमा एसीसीए प्रेजेन्ट्सः बीपीसी क्रिकेट लिग २०२६ आयोजना गर्ने भएको छ। चारदिने इन्डोर क्रिकेट प्रतियोगिता सेप्टेम्बर २३ देखि २६, २०२६ सम्म बूढानीलकण्ठ, चुनिखेलस्थित रोयल स्पोर्ट्स पार्कमा सञ्चालन हुने बताइएको छ।
बीपीसीको आयोजनामा हुने प्रतियोगितामा एसीसीए विद्यार्थी, एफिलिएट, सदस्य, एसीसीए अप्रुभ्ड लर्निङ पार्टनर्स, एसीसीए अप्रुभ्ड एम्प्लोयर्स तथा व्यक्तिगत एसीसीए सदस्यका टोलीहरू सहभागी हुनेछन्। खेलकुदमार्फत एसीसीए समुदायबीच सहकार्य, नेटवर्किङ, नेतृत्व, टिमवर्क र आपसी सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जनाइएको छ ।
कलेजका अनुसार,एसीसीए प्रेजेन्ट्सःबीपीसी क्रिकेट लिग २०२६ मा विभिन्न एसीसीए प्रदायक संस्था तथा एसीसीए समुदायको प्रतिनिधित्व गर्ने १६ टोली सहभागी हुनेछन्।
प्रतियोगितामा सहभागी टोलीहरूः
ब्रिटिश प्रोफेसनल कलेज – २ टोली
● सर्टिफाइड कलेज अफ अकाउन्टेन्सी (सीसीए) -३ टोली
● सिड एकेडेमी– २ टोली
● लर्निङ पार्क – १ टोली
● ब्राइट एकेडेमी – १ टोली
● फिन्ट लर्निङ हब – १ टोली
● एम्बार्क कलेज – १ टोली
● सिक्षा एकेडेमी – १ टोली
● जीएनएस एस्ट्रा – १ टोली
● स्लुगरर्स – १ टोली
● एजीके पार्टनर्स – १ टोली
चार दिनसम्म सञ्चालन हुने प्रतियोगिताले एसीसीए विद्यार्थी, पेशागत जनशक्ति तथा सदस्यहरूलाई कक्षाकोठा र कार्यस्थलभन्दा बाहिर एउटै खेलकुद मञ्चमा जोड्ने बताइएको छ। प्रतियोगितामार्फत टिमवर्क, नेतृत्व, सञ्चार, नेटवर्किङ, सहभागिता र खेलकुद भावनालाई प्रोत्साहन गर्ने आयोजकको उद्देश्य छ।
आयोजकका अनुसार,प्रतियोगिताको कुल पुरस्कार राशि रु. १ लाख ५० हजार रहेको छ। प्रतियोगिताको शीर्ष प्रायोजक एसीसीए रहेको छ भने आवन ट्रेडिङ, अउज्ट्रिक्स एजुकेशनल हब, शुभम इन्टरनेसनल हस्पिटल र एजीके पार्टनर्सले प्रतियोगितालाई सहयोग गरेका बताइएको छ।
नेपालको एसीसीए तथा व्यावसायिक शिक्षा समुदायका विभिन्न संस्था, विद्यार्थी, सदस्य तथा पेशाकर्मीलाई एउटै मञ्चमा ल्याएर खेलकुदसँगै आपसी सम्बन्ध र नेटवर्किङ विस्तार गर्ने अवसरका रूपमा प्रतियोगितालाई अघि बढाइएको बीपीसीले जनाएको छ।
ब्रिटिश प्रोफेसनल कलेजबारे
ब्रिटिश प्रोफेसनल कलेज, द ब्रिटिश कलेजको भगिनी संस्था हो। बीपीसीले नेपालमा सन् २०१३ देखि एसीसीए कार्यक्रम सञ्चालन गर्दै आएको छ। कलेजले एसीसीए को प्लाटिनम स्टाटस प्राप्त गरेको छ, जुन एसीसीए का शैक्षिक प्रदायकहरूका लागि उच्चतम तहको मान्यता रहेको बताइएको छ।
शैक्षिक कार्यक्रमसँगै बीपीसीले विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप, व्यावसायिक नेटवर्किङ तथा विभिन्न सह–पाठ्यक्रम गतिविधिमा सहभागी हुने अवसर प्रदान गर्दै आएको दाबी गरेको छ।
द ब्रिटिश कलेज सन् २०११ मा स्थापना भएको काठमाडौंस्थित अन्तर्राष्ट्रिय उच्च शिक्षा संस्था हो। कलेजले अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त बेलायती विश्वविद्यालयका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। शैक्षिक उत्कृष्टता, विद्यार्थी विकास तथा कक्षाकोठाभन्दा बाहिर विद्यार्थीको सहभागितालाई प्रोत्साहन गर्नु टिबीसीको प्राथमिकतामध्ये एक रहेको जनाइएको छ।
सम्बन्धित समाचार
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
आज तीन प्रदेशमा भारी बर्षा हुन सक्ने
बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


