आज देखि काठमाडौँ उपत्यकामा पशु वधवाला तथा मासु जाँच ऐन लागू
काठमाडौँ । आज मंसिर १ गतेदेखि काठमाडौँ ललितपुर र भक्तपुरका सबै स्थानीय तहमा पशु वधवाला तथा मासु जाँच ऐन,२०५५ लागू भएको छ । उपभोक्तालाई स्वच्छ र गुणस्तरीय मासु उपलब्ध गराउने उद्धेश्यले सरकारले ऐन कार्यान्वयनमा ल्याएको हो । आगामी माघदेखि उपत्यकाबाहिरका महानगर,उपपालिकामा तथा २०८४ साउनदेखि बाँकी गाँउपालिकामा तथा २०८४ साउनदेखि बाँकि गाँउपालिकामा पनि यो ऐन लागू गरिनेछ ।
ऐन कार्यान्वयनका लागि उपत्यकाका तीन वधशालाबाट मासु परीक्षण र आधिकारिक छाप लगाउने काम सुरु गरिएको छ । पशु वधअघि स्वास्थ्य परीक्षण र वधपछि मासु जाँच अनिवार्य गरिएको छ । यसका लागि २४० मासु निरीक्षक परीचालनको तयारी गरिएको छ । खुद्रा व्यवसायीले पनि तोकिएको वधस्थलमा परीक्षण गराएर आफ्नै पसलबाट मासु बिक्री गर्न सक्नेछन् ।
नयाँ व्यवस्थाअनुसार मासु पसल र वधशाला सञ्चालन गर्न इजाजत अनिवार्य हुनेछ । बिरामी पशुको मासु बिक्री तथा मासुमा मिसावट गर्न पाइने छैन । नियम उल्लंघन गर्नेलाई ५ हजारदेखि २० हजार रुपैँयासम्म जरिवाना वा एकदेखि तीन महिना सम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।
सम्बन्धित समाचार
क्यूजे मोटर नेपालद्वारा पारस खड्का ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त
नबिल बैंक नवौँ पटक बन्यो सबैभन्दा बढी कर तिर्ने बैंक
सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा १ हजार ९ सयले घट्यो
स्थानीय तहको निर्वाचन चैत पहिलो साताभित्रै गराउने आयोगको तयारी
कृषि यान्त्रीकरण प्रदर्शनीको सपोर्टिङ पार्टनरमा थपिए ग्लोबल आइएमई बैंक र ओविफर्ट, प्रदर्शनीको तयारी तिब्र
