Jankari Kendra
८ मंसिर २०८३, सोमबार

भारतद्वारा नेपाललाई २ खर्ब ४० अर्ब सहयोग घोषणा, ५० अर्ब अनुदान दिने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, मंसिर, ८
भारतद्वारा नेपाललाई २ खर्ब ४० अर्ब सहयोग घोषणा, ५० अर्ब अनुदान दिने

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई २ खर्ब ४० अर्ब रुपैँया बराबरको आर्थिक सहयोग उपलब्ध गराउने घोषण गरेका छन् । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा भएको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले यस्तो घोषणा गरेका हुन् ।

नेपालले भारतसँग २ खर्ब भारु सहयोग माग गरेको थियो । जसमा १ खर्ब भारु साहुलियत ऋण र एक खर्ब अनुदान प्रस्ताव गरिएको थियो । तर भारतले १ खर्ब भारु ऋण र ५० अर्ब भारु अनुदान दिने सहमति जनाएको स्रोतले बताएको छ ।

नेपालले अनुदान रकम रसुवा बाढीपछिको पुननिर्माण र बुटवल पोखरा एक्सप्रेस वे निमार्णमा खर्च गर्ने प्रस्ताव गरेको थियो । तर कुन आयोजनाले कति सहयोग पाउने भन्नेबारे भारतले खुलाएको छैन ।

भारतले यसअघि पनि नेपाललाई विभिन्न चरणमा ऋण सहयोग घोषण गरेको थियो । तर भारतीय वस्तु तथा सामाग्री प्रयोग गर्नुपर्ने प्रावधान लगायतका कारण ठुलो रकम उपयोग हुन नसकेपछि नेपालले सन् २०२४ मा ९० करोड अमेरिकी डलर बराबरको पुरानो ऋण सुविधा रद्ध गरेको थियो ।

Top Changing Nepal

युट्युब सट्स