काठमाडौं । नेकपा माओवादीको केन्द्रीय समितिको वैठक माघ १५ गतेसम्मका लागि स्थगित भएको छ ।
अध्यक्ष किरण विरामी भएर अस्पताल भर्ना भएको र संविधान जारी गर्ने भनी तय भएको माघ ८ गतेको तिथि नजिकिदैं गएकाले आन्दोलन संगठित गर्नका लागि महासचिव वादलले सबै केन्द्रीय सदस्यलाई निर्देशन दिए ।
विहीवार केन्द्रीय कार्यालय बुद्धनगरमा सबै केन्द्रीय सदस्यलाई बोलाएर आन्दोलनको संयोजन गर्न महासचिव वादलले निर्देशन दिएको एक केन्द्रीय सदस्यले बताए ।