संसारबाट बिदा भइन् बाल कलाकार काजल नेपाली
जानकारी केन्द्र
२०७४, आश्विन, २१
काठमाडौं । बाल कलाकार काजल नेपालीले यो संसारबाट सदाका लागि विदा लिएकी छन् । बिहिबार राती अन्तर्राष्ट्रिय मैत्री बाल अस्पतालमा उनकाे मृत्यु भएको हो । नेपाली गीत सङ्गीत क्षेत्रमा बाल कलाकारको रुपमा अभिनय गर्दै आएकी काजल बिरामी भई अस्पताल भर्ना भएकी थिइन ।
२०६८ साल देखि म्युजिक भिडियोहरुमा अभिनय यात्रा शुरु गरेकी काजलले पछिल्लो समय कमल खत्री र किशोरा अर्यालको गीत ‘सपना मिठो’ मा अभिनय गरेकी थिइन् । आउन पाइन घर यो दशैमा, खोला जस्तै हो रे चोला नि, धिङ्का ताका धिन, बैश गयो हासेर लगायत आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरेकी काजल केहि वर्षदेखि फ्यान्कोनी एनिमिया रोगसँग लडिरहेकी थिइन् ।
बिजया दशमीको दिन कान्ती बाल अस्पताल भर्ना गरी उपचार गर्दै गरेकोमा अचानक बेहोस भएपछि त्यहाँ आईसियु बेड खाली नभएपछि अन्तर्राष्ट्रिय मैत्री बाल अस्पतालमा लगि भेन्टिलेटरमा राखी उपचार गरिएको थियो जहाँ उनको बिहिबार राती मृत्यु भएको छ । काजल गायक तथा सामाजिक अभियन्ता रामजी नेपाली एवम् लोकप्रिय लोक गायिका कृष्णा परियारको जेठी छोरी हुन । न्यूज अभियान
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
