परिवार नियोजन संघ नवलपरासीद्धारा निर्वाचित जनप्रतिनिधि सम्मानित
परासी, नेपाल परिवार नियोजन संघ नवलपरासी शाखाले जिल्लाका नव निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । शाखाले आज आयोजना गरेको श्रोत परिचालन सम्बन्धमा जनप्रतिनिधिहरु संग अन्तरक्रिया कार्यक्रममा विभिन्न स्थानिय तहका प्रमुख–उपप्रमुख र वार्ड अध्यक्षहरुलाई दोसल्ला लगाई सम्मान गरेको हो ।
विगत ३० वर्षदेखि नवलपरासी जिल्लामा यौन तथा प्रजनन स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको यस संस्थाले आफनो कार्य प्रगतिबारे जनप्रतिनिधिहरुलाई जानकारी गराउदै आगामी दिनमा यसको सेवालाई थप प्रभावकारी बनाउनका जनप्रतिनिधि संग सहयोगका लागि आग्रह गरेको छ । जिल्लाको ग्रामिण तथा हाईवे लगायतका विभिन्न ९ ठाउँमा क्लिनिक संचालन गरि निशुल्क स्वास्थय उपचार सेवा प्रदान गर्दै आएको यस संस्थाले आर्थिक एवं सामाजिक सहयोगका लागि स्थानिय तहलाई गुहारेको छ ।
नगरपालिका तथा गाउँपालिकाको स्वास्थय क्षेत्रमा गरिने विभिन्न स्वास्थ्य क्षेत्रका कार्यक्रम एवं शिबिरहरु यस संस्था मार्फत गराउन संस्थाले आग्रह गरेको हो । यो संस्था प्रजनन तथा स्वास्थय, प्रसुती र किसोर तथा किसोरीहरुलाई प्रवद्र्धन लगायतका कार्यहरु गर्दै आएको छ भने परिवार नियोजनका अधिकांश स्थानिय साधनहरु निशुल्क रुपमा वितरण गर्दै आएको संस्थाका निमित्त शाखा प्रबन्धन यमनाथ पौडेलले बताए ।
शाखा सभापति प्रबल राज रेग्मीको अध्यक्षता तथा नेपाल परिवार नियोजन संघको केन्द्रिय कार्यबाहक अध्यक्ष सपना अधिकारी थापाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उप–प्रमुख अब्दुलरहमान चुरिहार, रामग्राम नगरपालिका प्रमुख नरेन्द्र कुमार गुप्ता, उप प्रमुख रम्भा कुँवर, पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता, रामग्राम नगरपालिकाको वार्ड नम्बर १ का वडा अध्यक्ष रुद्र प्रकाश उपाध्याय, लगायतल जनप्रतिनिधलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि संघका केन्द्रिय कार्यवाहक अध्यक्ष सपना अधिकारी, विशिष्ट अतिथि जिसस उपप्रमुख अबदुलरहमान चुरिहार, अतिथि रामग्राम नगरपालिका प्रमुख नरेन्द्र कुमार गुप्ता, उप प्रमुख रम्भा कुँवर, पाल्हीनन्द गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य पुरुषोत्तम सुबेदी, संघका युवा संयोजक हुसैन अंसारी लगायतले परिवार नियोजनको स्वास्थ्य सेवा अझै विस्तार हुनु पर्ने विचार व्यक्त गरे ।
सम्बन्धित समाचार
सरकारको निःशुल्क एआई तालिम कार्यक्रम,दुई हजार युवाले घरबाटै सीप सिक्न पाउने
भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
