परिवार नियोजन संघ नवलपरासीद्धारा निर्वाचित जनप्रतिनिधि सम्मानित
परासी, नेपाल परिवार नियोजन संघ नवलपरासी शाखाले जिल्लाका नव निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । शाखाले आज आयोजना गरेको श्रोत परिचालन सम्बन्धमा जनप्रतिनिधिहरु संग अन्तरक्रिया कार्यक्रममा विभिन्न स्थानिय तहका प्रमुख–उपप्रमुख र वार्ड अध्यक्षहरुलाई दोसल्ला लगाई सम्मान गरेको हो ।
विगत ३० वर्षदेखि नवलपरासी जिल्लामा यौन तथा प्रजनन स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको यस संस्थाले आफनो कार्य प्रगतिबारे जनप्रतिनिधिहरुलाई जानकारी गराउदै आगामी दिनमा यसको सेवालाई थप प्रभावकारी बनाउनका जनप्रतिनिधि संग सहयोगका लागि आग्रह गरेको छ । जिल्लाको ग्रामिण तथा हाईवे लगायतका विभिन्न ९ ठाउँमा क्लिनिक संचालन गरि निशुल्क स्वास्थय उपचार सेवा प्रदान गर्दै आएको यस संस्थाले आर्थिक एवं सामाजिक सहयोगका लागि स्थानिय तहलाई गुहारेको छ ।
नगरपालिका तथा गाउँपालिकाको स्वास्थय क्षेत्रमा गरिने विभिन्न स्वास्थ्य क्षेत्रका कार्यक्रम एवं शिबिरहरु यस संस्था मार्फत गराउन संस्थाले आग्रह गरेको हो । यो संस्था प्रजनन तथा स्वास्थय, प्रसुती र किसोर तथा किसोरीहरुलाई प्रवद्र्धन लगायतका कार्यहरु गर्दै आएको छ भने परिवार नियोजनका अधिकांश स्थानिय साधनहरु निशुल्क रुपमा वितरण गर्दै आएको संस्थाका निमित्त शाखा प्रबन्धन यमनाथ पौडेलले बताए ।
शाखा सभापति प्रबल राज रेग्मीको अध्यक्षता तथा नेपाल परिवार नियोजन संघको केन्द्रिय कार्यबाहक अध्यक्ष सपना अधिकारी थापाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उप–प्रमुख अब्दुलरहमान चुरिहार, रामग्राम नगरपालिका प्रमुख नरेन्द्र कुमार गुप्ता, उप प्रमुख रम्भा कुँवर, पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता, रामग्राम नगरपालिकाको वार्ड नम्बर १ का वडा अध्यक्ष रुद्र प्रकाश उपाध्याय, लगायतल जनप्रतिनिधलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि संघका केन्द्रिय कार्यवाहक अध्यक्ष सपना अधिकारी, विशिष्ट अतिथि जिसस उपप्रमुख अबदुलरहमान चुरिहार, अतिथि रामग्राम नगरपालिका प्रमुख नरेन्द्र कुमार गुप्ता, उप प्रमुख रम्भा कुँवर, पाल्हीनन्द गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य पुरुषोत्तम सुबेदी, संघका युवा संयोजक हुसैन अंसारी लगायतले परिवार नियोजनको स्वास्थ्य सेवा अझै विस्तार हुनु पर्ने विचार व्यक्त गरे ।
सम्बन्धित समाचार
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
नोआ लाइल्स बने विश्वको सबैभन्दा छिटो दौडने खेलाडी
बाढीपहिरोका कारण यी राजमार्ग अवरुद्ध
देशभर मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
ट्रेन्डिङ
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ

