• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
    • Social Media
×
                     
                        आइतबार, माघ २६, २०८२
आइतबार, माघ २६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
      • Social Media
  • ☰

भर्खरै

२०८२ माघ २५ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का खेल टुँडिखेल र तीनकुनेमा प्रदर्शन गरिने : कोका–कोला नेपाल र ओपन डोर इन्टरटेन्मेन्टको सहकार्य

फोटोन धनगढीमा : क्षेत्रीय ग्राहक भेटघाटबाट विश्वास र सम्बन्ध विस्तार सम्पन्न

भ्यालेन्टाइन सप्ताह सुरु, आज ‘रोज डे’

निर्वाचनको नैतिकता कायम राख्नका लागि टिकटक र निर्वाचन आयोग नेपालबीच सहकार्य

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८२ माघ २४ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

प्रख्यात गायक, संगीतकार तथा सांस्कृतिक आइकन काली प्रसाद बास्कोटाले रोजे एक्सपेङ जी६

‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ बिहीबारदेखि सुरु : ३०० भन्दा बढी ब्रान्डको सहभागिता

लोकप्रिय समाचार

  • १. २०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

  • ३. एकैदिन तोलामा १८ हजार ८ सयले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • ४. एलआरआर मोटर्सद्धारा जिली ईएक्स ५ को २०२६ मोडल सार्वजनिक : थपिए नयाँ सुबिधा

  • ५. २०८२ माघ २० गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. २०८२ माघ १९ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. २०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. कजारियाले बनेपामा नयाँ विशेष शोरूम उद्घाटन गर्दै मध्य नेपालमा आफ्नो उपस्थितिलाई विस्तार गर्यो

  • ९. २०८२ माघ २३ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. देशकै महत्वपूर्ण शैक्षिक प्रतियोगिता ‘ग्लोबल म्याथ डिबेट लिग’ सञ्चालन हुँदै

पार्टी एकताको अन्तिम तयारीमा ओली र प्रचण्ड,निर्णायक बार्तामा

प्रकाश सिलवाल/रमेश लम्साल : काठमाडौँ, २२ पुस : नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकताबारे आपसी गृहकार्य जारी रहे पनि दुवै पार्टीका अधिकांश नेता कसरी र कहिले एकता हुन्छ भन्नेमा स्पष्ट भइसकेका छैनन् ।

एकता प्रक्रियामा कुनै समस्या नरहेको र चाँडै एकता हुनेमा ढुक्क देखिएका ती नेताले पार्टीका अध्यक्षबीच यसबारे ठोस सहमतिको प्रतीक्षामा छन् ।

दुई पार्टीका अन्य नेताहरु एकता प्रक्रियामा सामेल भए पनि उहाँहरु यसको भित्री पक्षबारे प्रतिक्रिया दिन अग्रसर नदेखिनुले दुई अध्यक्षको वार्ता र सहमति नै निर्णायक हुने देखिन्छ । एमालेको यही पुस १३ गते सम्पन्न स्थायी कमिटीको बैठकले सरकार गठन र पार्टी एकतालाई तीव्रता दिने निर्णय गरेको थियो भने केन्द्रको यही पुस १८ गतेको केन्द्रीय कार्यालयको बैठकले पार्टी एकताको विषय जनअनुमोदित भइसकेकाले यसलाई द्रुत गतिमा अघि बढाउने निर्णय लिएको थियो ।

एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच चाँडै हुने वार्ताले एकता प्रक्रियालाई निर्णायक बनाउने देखिएको छ । केही दिनयता एमाले अध्यक्ष ओली सामान्य अस्वस्थ हुनुभएका कारण दाहालसँग भेटवार्ता हुन सकेको थिएन ।

आज हुने भनिएको भेटवार्ता मौसमको खराबीका कारण केन्द्रका अध्यक्ष दाहालको चितवनबाट काठमाडौँ उडान नभएपछि स्थगन भएको छ । पार्टी एकता महाधिवेशनअघि एमालेका अध्यक्ष ओली प्रधानमन्त्री र केन्द्रका अध्यक्ष दाहाल पार्टी अध्यक्ष हुने वा दुवै अध्यक्षको संयुक्त नेतृत्वमा पार्टी सञ्चालन हुने भन्ने विषयमा ठोस निर्णयको नभएकाले अन्य प्रक्रिया अघि नबढेको नेताहरुले जनाएका छन् । राष्ट्रियसभाको निर्वाचनपछि मात्र नयाँ सरकार बन्ने भएकाले पनि पार्टी एकताका लागि नेतामा हतारो नदेखिएको देखिन्छ ।

एमाले स्थायी कमिटीका सदस्य सुवासचन्द्र नेम्वाङले दुई अध्यक्ष निरन्तर सम्पर्कमा रहनुभएको र प्रत्यक्ष वार्तापछि एकता संयोजन समितिको बैठकबाट एकता प्रक्रियाले गति लिने बताउनुभयो । कहिले हुन्छ त एकता भन्ने प्रश्नमा नेता नेम्वाङ भन्नुहुन्छ, “ढुक्क हुनुस् यसले चाँडै मूर्तरुप लिनेछ ।”

केन्द्रका नेता गिरिराजमणि पोखरेलले आफूहरुको एकतालाई जनताले अनुमोदन गरिसकेकाले कुनै नेताले एकता गर्दिनभन्दा पनि सुख नपाउने दाबी गर्नुभयो । उहाँले गठबन्धन टुट्ने कुनै सम्भावना नरहेको स्पष्ट गर्नुभयो ।

माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य मणि थापा पनि दुई पार्टीबीच अनौपचारिकरुपमा छलफल जारी रहेको तर कसरी एकता प्रक्रिया अघि बढाउने भन्नेमा ठोस निष्कर्ष नआइसकेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हाल क्रियाशील पार्टी एकता संयोजन समितिलाई नै निरन्तरता दिई त्यसलाई नै सबै विषय मिलाउन जिम्मा दिने कि भन्ने पनि विकल्प आएको छ ।”

थापाले बाहिर चर्चामा आएजस्तो आफूहरुबीच विवाद नरहेको र एकता नहुने हो कि भन्ने आशङ्का गर्नु नपर्ने दाबी गर्नुभयो ।

एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले शीर्ष तहमा छलफल चलिरहे पनि सांगठनिक स्वरुप र खाकाबारे स्पष्ट भइनसकेको जानकारी दिनुभयो ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनअघि पार्टी एकताको घोषणासहित गठबन्धनमा सामेल यी दुई दलले सरकार गठन र एकताको कार्यलाई सँगसँगै अघि बढाउने जनाउँदै आए पनि यसबीचमा भएको प्रगति बाहिर आएको छैन । दुवै दलका नेताले गठबन्धन नटुट्ने, पार्टी एकता चाँडै हुने र स्थिरता तथा समृद्धिको यात्रा भने नरोकिने अभिव्यक्ति पटक पटक दिँदै आएका छन् ।

सम्मानजनक र भावनात्मक पक्षलाई आत्मसात् गरी एकताको प्रक्रियामा जुटेका यी दलले एमालेको ‘जनताको बहुदलीय जनवाद’ र माओवादी केन्द्रले आत्मसात् गरेको ‘एक्काइसौँ शताब्दीको जनवाद’को सैद्धान्तिक विचारबीचको मिलनमा पनि समस्या नभएको औँल्याउँदै आएका छन् ।

मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्न र आर्थिक समृद्धिको मार्गप्रशस्त गर्न एउटै कम्युनिष्ट पार्टी बनाउन अन्य साना वामपन्थी शक्तिलाई पनि समेट्न एमाले र केन्द्रले कसरत गरिरहेका छन् ।

राजनीतिक, सांगठनिक तथा तत्कालीन कार्ययोजना बनाएर एकता महाधिवेशनमार्फत हाल बाँकी रहेका विषय हल गर्ने तयारी दुवै पार्टीले गरे पनि दुई अध्यक्षसँगको वार्तापछि मात्रै यी विषयले मूर्तरुप लिनेछन् ।

निर्वाचनपूर्व गत असोज १७ मा दुई पार्टीबीच भएको चुनावी तालमेल र पार्टी एकताको घोषणादेखि नै एकता प्रक्रिया शुरु भएको नेताहरूले जनाउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का खेल टुँडिखेल र तीनकुनेमा प्रदर्शन गरिने : कोका–कोला नेपाल र ओपन डोर इन्टरटेन्मेन्टको सहकार्य
फोटोन धनगढीमा : क्षेत्रीय ग्राहक भेटघाटबाट विश्वास र सम्बन्ध विस्तार सम्पन्न
निर्वाचनको नैतिकता कायम राख्नका लागि टिकटक र निर्वाचन आयोग नेपालबीच सहकार्य

लोकप्रिय

२०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

एकैदिन तोलामा १८ हजार ८ सयले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

एलआरआर मोटर्सद्धारा जिली ईएक्स ५ को २०२६ मोडल सार्वजनिक : थपिए नयाँ सुबिधा

२०८२ माघ २० गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

ताजा

२०८२ माघ २५ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का खेल टुँडिखेल र तीनकुनेमा प्रदर्शन गरिने : कोका–कोला नेपाल र ओपन डोर इन्टरटेन्मेन्टको सहकार्य

फोटोन धनगढीमा : क्षेत्रीय ग्राहक भेटघाटबाट विश्वास र सम्बन्ध विस्तार सम्पन्न

भ्यालेन्टाइन सप्ताह सुरु, आज ‘रोज डे’

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • २०८२ माघ २५ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल
  • आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का खेल टुँडिखेल र तीनकुनेमा प्रदर्शन गरिने : कोका–कोला नेपाल र ओपन डोर इन्टरटेन्मेन्टको सहकार्य
  • फोटोन धनगढीमा : क्षेत्रीय ग्राहक भेटघाटबाट विश्वास र सम्बन्ध विस्तार सम्पन्न
  • भ्यालेन्टाइन सप्ताह सुरु, आज ‘रोज डे’
  • निर्वाचनको नैतिकता कायम राख्नका लागि टिकटक र निर्वाचन आयोग नेपालबीच सहकार्य

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.