नेपाल भ्रमण स्थगितबारे सलमानले मुख खोल्ने, बैशाखमा आउने
काठमाडौं, बलिउडका चर्चित अभिनेता सलमान खानले आफ्नो नेपाल भ्रमणबारे भोलि विशेष रुपमा बोल्ने भएका छन् । उनको नेपाल भ्रमण स्थगित भएको छ।
यही फागुन २६ गते टुँडिखेलमा आयोजना गर्न लागिएको ‘दबंग द टूर नेपाल’मा सहभागी हुन आउन लागेका सलमानको भ्रमण नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको विरोधका कारण डेढ महिना पर धकेलिएको छ । सलमान अब वैशाख पहिलो साता नेपाल आउने आयोजकले बताएको छ । यसबारेमा भने सलमानले भोलि बोल्नेछन् ।
‘दबंग द टूर नेपाल’को आयोजक ओडिसी इन्टरटेनमेन्टले हिजो (शुक्रबार) एक वक्तव्य जारी गर्दै तत्कालका लागि सलमानको भ्रमण स्थगित भएको जानकारी दिएको थियो । ओडिसीले कार्यक्रमको तयारीका लागि करिब १० करोड खर्च भइसकेको जानकारी दिँदै वैशाखमा हुने कार्यक्रमको दिन तय भएपछि पत्रकार सम्मेलनमार्फत थप जानकारी गराउने बताएको छ।
टिकट लिइसकेका दर्शकले त्यही टिकटबाट कार्यक्रम हेर्न सक्ने स्पष्ट पार्दै वैशाखमा सारिएपनि टिकट बिक्री भने जारी नै राख्ने आयोजकको तयारी छ।
सम्बन्धित समाचार
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

