• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
    • Social Media
×
                     
                        आइतबार, माघ २६, २०८२
आइतबार, माघ २६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
      • Social Media
  • ☰

भर्खरै

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८२ माघ २५ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का खेल टुँडिखेल र तीनकुनेमा प्रदर्शन गरिने : कोका–कोला नेपाल र ओपन डोर इन्टरटेन्मेन्टको सहकार्य

फोटोन धनगढीमा : क्षेत्रीय ग्राहक भेटघाटबाट विश्वास र सम्बन्ध विस्तार सम्पन्न

भ्यालेन्टाइन सप्ताह सुरु, आज ‘रोज डे’

निर्वाचनको नैतिकता कायम राख्नका लागि टिकटक र निर्वाचन आयोग नेपालबीच सहकार्य

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८२ माघ २४ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

प्रख्यात गायक, संगीतकार तथा सांस्कृतिक आइकन काली प्रसाद बास्कोटाले रोजे एक्सपेङ जी६

लोकप्रिय समाचार

  • १. २०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

  • ३. एकैदिन तोलामा १८ हजार ८ सयले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • ४. एलआरआर मोटर्सद्धारा जिली ईएक्स ५ को २०२६ मोडल सार्वजनिक : थपिए नयाँ सुबिधा

  • ५. २०८२ माघ २० गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. २०८२ माघ १९ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. २०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. २०८२ माघ २४ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. कजारियाले बनेपामा नयाँ विशेष शोरूम उद्घाटन गर्दै मध्य नेपालमा आफ्नो उपस्थितिलाई विस्तार गर्यो

  • १०. २०८२ माघ २३ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

सुन तस्करी प्रकरण फेरी अर्को परिवारको उठिबास

विराटनगरः साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको थुनछेक बहस अदालतमा चलिरहँदा झापा गाउँपालिका–७ की ७० वर्षीया दुर्गादेवी सञ्जेल बिहीबार डाँको छोडेर रोइरहेकी थिइन् ।

जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा प्रतिवादीतर्फका वकिलहरुले प्रतिरक्षामा बहस गरिरहेका छन् । इजलासमा बहस जारी हुँदा इजलास भन्दा बाहिर भने दुर्गादेवीले आँसुका धारा थाम्न सकेकी थिइनन् ।

उनी सुन तस्करी र सनम हत्यामा प्रतिवादी बनाएर मुद्दा चलाइएका सई बालकृष्ण सञ्जेलकी आमा हुन् । उनी ७२ वर्षीय पति उमाकान्त, बुहारी (बालकृष्णकी पत्नी) कमला र ६ वर्षीय नातिसहित विराटनगर बसेको २५ दिन भइसक्यो ।

अन्यायमा पारियो ?

बरबरी आँसुका ढिका खसाल्दै दुर्गादेवी भन्दै थिइन, ‘नियोजित रुपमा योजना बनाएरै फसाएर मेरो छोरामाथि धेरै ठूलो अन्याय गरियो । अब अदालतले न्याय गर्ने आशामा छौं ।’

मुलुक र जनताको सेवाका लागि परिचालित प्रहरी संगठन भित्र राम्रो काम गर्दा गर्दै र कुनै गल्तीबिना छोरालाई फसाएर मुद्दा लगाइएको उनको गुनासो छ ।

भक्कानिँदै उनले भनिन्, ‘राम्रो काम गर्दा पनि फसाएर धेरै ठूलो बज्रपात पारिएको छ । हामीसँग अब अदालत र भगवानको साथ पाउने बाहेक केही पनि आश छैन ।’

छोरो पक्राउ, आमा बेहोस

छोरो पक्राउ परेको थाहा पाएपछि उनी घरमै बेहोस भएर ढलेकी थिइन् । हिरासतमा राखिएका बालकृष्णलाई भेट्न नदिएपछि उनी जिल्ला प्रहरी कार्यालय मोरङको गेटमै दोस्रो पटक बेहोस भएर ढलिन् ।

‘पिरले बेहोस भएर ढलेका कारण खुट्टामा समेत लागेको चोट अहिलेसम्म ठीक भएको छैन । त्यही चोटका कारण राम्ररी हिँड्न सक्दिँन,’ उनले भनिन्, ‘हिरासतको छोरो भेट्नसम्म पनि पाइनँ । अदालत ल्याएपछि मात्रै छोराको अनुहार देख्न पायौँ ।’

‘हत्या गरिएका व्यक्तिको शव बरामद गरेर आफन्तलाई जिम्मा लगाउने भूमिका खेलेको उसले के अपराध ग¥यो,’ आँसुका धारा बगाउँदै उनले सोधिन्, ‘गाड्ने तयारी गरिएको सनमको शव बरामद गरेर परिवारका सदस्यलाई जिम्मा लगाउनु गल्ती हो ?’

दुर्गादेवीले प्रहरीमा धेरै राम्रो काम गरेकैले सबैको नजरमा परेका कारण नियोजित रुपमा छोरोलाई फसाइएको उनको गुनासो छ । मुटुसम्बन्धी समस्या, मधुमेह तथा उच्च रक्तचापकी बिरामी रहेकी उनले छोराको न्यायका लागि आफू जुनसुकै लडार्इँ गर्न र जहाँ पनि जान तयार रहेको बताइन् ।

६ वर्षका छोरालाई साथमै लिएर विराटनगर आएकी पत्नी कमला पनि बालकृष्णलाई देख्नासाथ भक्कानो छाडेर रुन्छिन् । ‘मेरा श्रीमानले धेरै राम्रा काम गरेका कारण प्रहरीका ठूला भनिएकाबाटै रिसइवी साँधेर फसाइयो । पक्राउ परेको सुनेदेखि परिवारका सदस्य कसैका आँखा ओभाएका छैनन्,’ गला अवरुद्ध बनाउँदै उनले भनिन्, ‘श्रीमानलाई हिरासतमा राखिएको छ । हामी बाहिर रोएर बसेको कहानी कसलाई सुनाउनु ?’

परिवारलाई पनि यातना

बालकृष्णलाई पक्राउ गरेर ल्याएदेखि नै आफूहरु विराटनगर आएर बस्ने गरेको उनले सुनाइन् । गाड्न ठिक्क पारेको शव बरामद गरेर दिँदा श्रीमानसहित परिवारलाई नै पीडित बनाउने काम भएको कमलाको गुनासो छ ।

थाहा पाएसम्म पतिको कुनै गल्ती नदेखेकी उनले परिवारका सदस्यलाई पनि मानसिक यातना दिने काम भइरहेको गुनासो गरिन् । ‘उहाँ (बालकृष्ण) लाई त फसाइयो । परिवारका सदस्यलाई पनि ‘टर्चर’ दिने काम भइरहेको छ,’ कमलाले भनिन्, ‘यस्तो पनि गर्न पाइन्छ ?’

उनले विभिन्न नाममा आफूहरुलाई धम्कीसमेत आउने गरेको बताउँदै परिवारका सदस्य पनि असुरक्षित बनिरहेको गुनासो गरिन् । ‘हाम्रो मान्छे पक्राउ गरेर प्रहरीले हिरासतमा राखेर हामीलाई पीडित बनाउने काम गरिएको छ,’ उनले भनिन्, ‘झन् अनावश्यक ‘टर्चर’ दिएर पीडामा परेका परिवारका अन्य सदस्यलाई थप तनाव सिर्जना गरिएको छ ।’

कमलाले पतिले अहिलेसम्म अवैध रुपमा कमाएको र जोडेको कुनै पैसा वा सम्पत्ती भए जफत र कारवाही गर्ने अधिकार सरकारलाई भएको बताइन् ।

आफन्त देखेपछि रुवाबासी

प्रतिवादी राजन थापालाई भेट्नासाथ उनका फूपुका छोरा भाइ मनोराज बस्नेतका पनि आँखा आँसुले टिलपिलाए । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका कर्मचारी थापा पनि आँसु झारेर रुँदै आफूलाई फसाइएको बताइरहेका थिए । ‘दाजु विहान बेलुका गाई वस्तुको धन्दा गरेर दिउँसो कार्यालय जानु हुन्थ्यो,’ बस्नेतले भने, ‘अवैधरुपमा पैसा कमाएको भए तडकभडक देखाइहाल्नु हुन्थ्यो नी ।’

उनले थापा अहिलेसम्म प्रहरीको अनुसन्धानमा नपरेको र गाउँको समाजसेवी भएको बताए । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ का थापाविरुद्ध प्रहरी हिरासतमै आत्महत्या गरेका भनिएका प्रेमलाल चौधरीले नाम पोलेका भरमा जबरजस्ती मुद्दा चलाइएको बस्नेतको भनाइ छ ।

आफन्त थपिँदै

सञ्जेल परिवारर बस्नेत मात्रै हैन सुन तस्करी र सनम हत्यामा प्रतिवादी बनाएर मुद्दा चलाइएकाहरुका आफन्तको उपस्थिती एक सातादेखि अदालतमा बाक्लिएको छ ।

उनीहरुबीचमा रुवासी चलिरहेको छ । प्रतिवादी बनाइएकालाई भेट्न र देख्नासाथ आफन्तका आँसु थामिँदैनन् । आफन्तलाई देखेपछि प्रतिवादी बनाइएकाहरु पनि आँसु खसालेर रुन्छन् ।

प्रतिवादीहरुलाई अदालत उपस्थित गराउनासाथ प्रत्येक दिन विहान १० बजेदेखि बहस चलुन्जेल बेलुका पाँच बजेसम्म आफन्तहरु इजलास बाहिर बसिरहेका हुन्छन् । उनीहरु मुद्दामा अभियुक्त बनाइएकाहरुले अदालतबाट सफाइ पाउने आश र प्रतिक्षामा छन् ।

अब अदालतको प्रतिक्षा

यो प्रकरणमा दुई महिना अनुसन्धान गरेको प्रहरीले सरकारी वकिल कार्यालयमार्फत मुद्दाको फाइल बुझाएपछि सबैको ध्यान जिल्ला अदालत तर्फ सोझिएको छ ।

गत बैशाख १९ गते अदालतमा मुद्धा दायर भएपछि चर्चित मुद्धाको बहस हुँदा इजलास साँघुरो भएको छ । १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय ७३ रुपैयाँ बराबरको ३७ लाख ९९ हजार ५ सय ६३ ग्राम अबैधरुपमा सुन आयात गरिएको दाबीसहित ६३ जनाविरुद्ध दायर गरिएको मुद्दाको थुनछेक बहस भइरहँदा भीडभाड बढेपछि इजलास साँघुरो भएको हो ।

इजलास पक्राउ परेका ३० जना अभियुक्त र उनीहरुका तर्फबाट बहस गर्ने कानुन व्यावसायीले नै भरिने गरेको छ ।

इजलासमा उभिएर बहस सुन्न पाइन्न् । ढोका छेउमा सुरक्षार्थ खटिएका प्रहरी बसेका हुन्छन् । बसह सुरु भएपछि प्रतिवादीहरुका आफन्त र मुद्दामा चासो राख्नेहरु पुग्छन् ।

इजलास भित्र बस्ने ठाउँ नभएका कारण उनीहरुलाई प्रहरीले बाटोमै रोक्ने गरेको छ । साँघुरो इजलासमा केही प्रतिवादीका आफन्तहरु पालो गरेर बहस सुन्न बस्छन् भने बहस सुन्न पुगेका अधिकांश बाहिरै हुन्छन् । बहस गर्न पुगेका कानुन व्यावसायी पनि पालो गरेर बस्नुपर्ने अवस्था छ ।
अन्नपुर्णबाट साभार

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का खेल टुँडिखेल र तीनकुनेमा प्रदर्शन गरिने : कोका–कोला नेपाल र ओपन डोर इन्टरटेन्मेन्टको सहकार्य
फोटोन धनगढीमा : क्षेत्रीय ग्राहक भेटघाटबाट विश्वास र सम्बन्ध विस्तार सम्पन्न

लोकप्रिय

२०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

एकैदिन तोलामा १८ हजार ८ सयले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

एलआरआर मोटर्सद्धारा जिली ईएक्स ५ को २०२६ मोडल सार्वजनिक : थपिए नयाँ सुबिधा

२०८२ माघ २० गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

ताजा

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८२ माघ २५ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का खेल टुँडिखेल र तीनकुनेमा प्रदर्शन गरिने : कोका–कोला नेपाल र ओपन डोर इन्टरटेन्मेन्टको सहकार्य

फोटोन धनगढीमा : क्षेत्रीय ग्राहक भेटघाटबाट विश्वास र सम्बन्ध विस्तार सम्पन्न

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • २०८२ माघ २५ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल
  • आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का खेल टुँडिखेल र तीनकुनेमा प्रदर्शन गरिने : कोका–कोला नेपाल र ओपन डोर इन्टरटेन्मेन्टको सहकार्य
  • फोटोन धनगढीमा : क्षेत्रीय ग्राहक भेटघाटबाट विश्वास र सम्बन्ध विस्तार सम्पन्न
  • भ्यालेन्टाइन सप्ताह सुरु, आज ‘रोज डे’

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.