जिल्ला प्रशासनमा संस्था दर्ता गर्ने प्रकृया र आवश्यक कागजातहरू
आवश्यक कागजातहरू पत्रहरू
१. जिल्ला विकास समितिको सिफारीस |
२. सस्था दर्ता गरी पाउँ भन्ने बारेको निवेदन |
३. संस्थाका प्रतेक सदस्यहरूको २/२ प्रति फोटो |
४. संस्थाको विधान ५ प्रति |
५. संस्थाको कार्य समितिका प्रतेक सदस्यहरूको नागरिकताको फोटो कपि १/१ प्रतिका साथमा सक्कल नागरिकता
६. नजिको प्रहरी कार्यलय बाट बनाएको चालचलन रिपोर्ट
प्रकृया
१. संस्थाको कार्य समितिको पदाधिकारिमा कम्तिमा ७ जना वा त्यो भन्दा माथि बिजोर नम्बर धेरैमा १३ जना गठन गर्ने
२. संस्थाले प्रयोग गर्ने छाप बनाई जिल्ला प्रशाशनमा पेश गर्ने सबै कागजातमा छाप लगाएको हुनु पर्ने |
३. जिविसबाट सिफारिस बनाउने,
४. नजिकैको प्रहरी कार्यलयमा गएर पुलिस चालचलन रिपोर्ट बनाउने
५. पुलिस चालचलन रिपोर्ट लिन जाँदा संस्था खोल्ने संस्थापक र संस्थापकका तिन जना साक्षि समेत भएर प्रहरीले बोलाएको दिनमा जानुपर्छ
६. सस्था दर्ता गरी पाउँ भन्ने बारेको निवेदन भर्ने निवेदन जिल्ला प्रशासन कार्यलयमा पाइन्छ
७. सबै कागजात तयार भैसके पछि जिल्ला प्रशासन कार्यालयमा गएर सहायक प्रशासक लाई जांच गराउनु पर्दछ
८. सहायक प्रमुख जिल्ला अधिकारले सबै कागजातको जाच गरिसके पछि संस्था दर्ता स्वीकृति टिप्पणी तयार पारेर प्रमुख जिल्ला अधिकारीको निगरानीका लागि पेश गरिन्छ
९. संस्थाको उदेश्य अनुशार अवश्यक परेमा क्षेत्रिय प्रशासन गएर सम्बन्धित निकायको अनुमति पत्र लिने जस्तै ( स्वास्थ्य संग सम्बन्धित भए स्वस्थय मन्त्रालयको क्षेत्रिय कार्यलय बाट,)
१०. यति गरेपछि जिल्ला प्रशासन कार्यालयकै भवनमा रहेको बैंकमा लाग्ने शुल्क तिर्ने लाग्ने शुल्क तिरेको रसिद देखाएर दर्ता प्रमाण पत्रको माग गर्नु पर्दछ
११. जिल्ला प्रशासन कार्यालयले तोकेको मितिमा संस्थापकहरू उपस्थित भई हस्ताक्षर गरी प्रमाणपत्र लिनु पर्छ ।
१२. संस्था दर्ता गर्न जाँदा संस्थाको अध्यक्ष उपश्थित हुन नसकेको खण्डमा अख्तियारी व्यक्ति जानु पर्छ |
लाग्ने शुल्क: १ हजार
समय: संपुर्ण कागज पत्र मिलेको भोलि पल्ट
सम्बन्धित समाचार
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
आज तीन प्रदेशमा भारी बर्षा हुन सक्ने
बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


