राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
जानकारी केन्द्र
२०८३, आश्विन, २
काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबारदेखि ५० रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकले ५० रुपैयाँ दरको यस नोटका संकेत नम्बर २४ट ०००००१ देखि ७०ण ९९९९९९ सम्म रहने जनाएको छ।
राष्ट्र बैंकका अनुसार, नयाँ नोटको आकार र रङ पहिलैकै जस्तो हुनेछ। नोटमा गभर्नर डा. विश्वनाथ पौडेलको दस्तखत रहनेछ। नोटको सिरिजमा विसं २०८२ उल्लेख छ।
नोटको अग्रभागमा सगरमाथाको चित्र र लालीगुराँसको पानी छाप राखिएको छ। पानी छापमा ‘५०’ अंकसमेत हुनेछ। नोटमा १.२ मिलिमिटर चौडा सुरक्षण धागो राखिएको छ जसमा ‘अंग्रेजीमा एनआरबी’ लेखिएको छ। पृष्ठभागमा हिउँचितुवाको चित्र राखिएको छ।
सम्बन्धित समाचार
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
