प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
काठमाडौँ । नेपालकै अग्रणी टायल ब्राण्ड कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो आधिकारिक डिलर नेटवर्क विस्तार गर्दै प्राधान हार्डवेयर ग्यालरी सञ्चालनमा ल्याएको छ । नयाँ डिलरको सुरुवातसँगै घर, व्यावसायिक भवन तथा विभिन्न निर्माण परियोजनाका लागि गुणस्तरीय र आधुनिक टायल समाधान खोज्ने ग्राहकहरूमाझ कजारियाका उत्पादनहरूको पहुँच थप सहज हुने भएको बताइएको छ ।
कम्पनीका अनुसार,प्राधान हार्डवेयर ग्यालरीको औपचारिक उद्घाटन असोज ५ गते सोमबार बिहान ११:३० बजे आयोजना हुँदैछ । कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल तथा मिस नेपाल वर्ल्ड २०२६ दीपमाला ढकालको प्रमुख आतिथ्यमा आयोजना हुने उद्घाटन समारोहमा कजारिया रमेश टायल्स लिमिटेड तथा प्राधान हार्डवेयर ग्यालरीका प्रतिनिधिहरू, निर्माण तथा इन्टेरियर क्षेत्रसँग सम्बन्धित व्यवसायीहरू र स्थानीय ग्राहकहरूको उपस्थिति रहने जनाइएको छ ।
ग्राहकहरूको आवश्यकता र बदलिँदो डिजाइन ट्रेन्डलाई ध्यानमा राखी सञ्चालनमा ल्याइएको यस डिलरमा कजारियाका वाल तथा फ्लोर टायल्सका विभिन्न प्रिमियम कलेक्सनहरू उपलब्ध हुने जनाइएको छ। ग्राहकहरूले एउटै स्थानबाट विभिन्न आधुनिक डिजाइन, टेक्सचर, फिनिसिङ तथा साइजका टायल्स अवलोकन गर्दै आफ्ना व्यक्तिगत रुचि, स्थानको आवश्यकता तथा परियोजनाअनुसार उपयुक्त टायल छनोट गर्न सक्ने बताइएको छ ।
कम्पनीका अनुसार,यस नयाँ डिलरमार्फत घरधनी, निर्माण व्यवसायी, आर्किटेक्ट, इन्टेरियर डिजाइनर तथा अन्य निर्माण क्षेत्रसँग सम्बन्धित ग्राहकहरूले कजारियाका गुणस्तरीय टायल कलेक्सनहरू अझ सहज रूपमा प्राप्त गर्न सक्नेछन् । साथै, यो उद्घाटन नेपालका प्रमुख तथा उदीयमान बजारहरूमा आफ्नो उपस्थिति विस्तार गर्दै ग्राहकहरूको नजिक गुणस्तरीय र अन्तर्राष्ट्रिय स्तरका टायल समाधान पुर्याउने कजारियाको निरन्तर प्रयासको अर्को महत्वपूर्ण कदम रहेको जनाइएको छ ।
उद्घाटनका क्रममा कजारिया रमेश टायल्स लिमिटेडका प्रतिनिधिले भने,“प्राधान हार्डवेयर ग्यालरीलाई हाम्रो आधिकारिक डिलर नेटवर्कमा स्वागत गर्न पाउँदा हामी खुसी छौँ । यो सहकार्यले नेपालभर हाम्रो रिटेल पहुँचलाई थप विस्तार गर्नुका साथै ग्राहकहरूमाझ कजारियाका गुणस्तरीय तथा आधुनिक डिजाइनयुक्त टायल समाधानहरू सहज रूपमा उपलब्ध गराउन थप सहयोग पुर्याउने छ ।,”
उद्घाटन समारोहकै अवसरमा कजारिया रमेश टायल्स लिमिटेडले प्राधान हार्डवेयर ग्यालरीलाई आधिकारिक डिलरको रूपमा प्रमाणपत्रसमेत प्रदान गर्ने जनाएको छ । उक्त प्रमाणपत्रले कजारिया र प्राधान हार्डवेयर ग्यालरीबीचको नयाँ साझेदारी तथा कजारियाको रिटेल नेटवर्क विस्तारमा ग्यालरीको भूमिकालाई औपचारिक रूपमा सम्मान गर्ने बताइएको छ ।
कम्पनीका अनुसार,नयाँ डिलर उद्घाटनपश्चात् ग्राहकहरूका लागि पूर्ण रूपमा सञ्चालनमा आउनेछ, जहाँ कजारियाका विविध प्रिमियम टायल कलेक्सनहरू उपलब्ध हुनेछन् ।
सम्बन्धित समाचार
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
