काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले आफ्ना नेता/कार्यकर्ताको गिरफ्तारी, झूटा मुद्दा, कपिलवस्तुमा भएको गोलीकाण्ड, रोल्पा, कपिलवस्तु, कालीकोटलगायत जिल्लामा भएको अप्रेसनका विरुद्ध यही फागुन ३० गते आमहडतालसहित नेपाल बन्द गर्ने घोषणा गरेको छ ।
नेकपाका महासचिव विप्लवले फागुन २४ गते विज्ञप्ति जारी गर्दै चरणबद्ध आन्दोलनको र सङ्घर्षको कार्यक्रम घोषणा गरेका छन् ।