नोआ लाइल्स बने विश्वको सबैभन्दा छिटो दौडने खेलाडी
न्युयोर्क । नोआ लाइल्सले अमेरिकी एथलेटिक्स च्याम्पियनसिपको १०० मिटर दौडमा ९.७९ सेकेन्डको समय निकाल्दै प्रभावशाली जित हासिल गरेका छन । यो यस वर्षको विश्वकै उत्कृष्ट र छिटो समयको दौड पनि हो।
न्युयोर्क सहरको आइकानस्टेडियममा भएको यस दौडमार्फत उनले सन् २०२४ को पेरिस ओलम्पिकमा स्वर्ण जित्दा कायम गरेको आफ्नो व्यक्तिगत उत्कृष्ट कीर्तिमानसँग बराबरी पनि गरेका हुन ।
यसअघि सन् २०२४ मा १०० मिटर दौडको उत्कृष्ट समय ९.८२ सेकेन्ड थियो, जुन जमैकाका ओब्लिक सेभिलले जुन महिनामा कायम गरेका थिए।
‘मलाई लाग्छ, म अझै पनि विश्वको सबैभन्दा छिटो दौडने मानिस हुँ भन्ने कुरा प्रमाणित गरें,’ लाइल्सले भने।
२९ वर्षीय अमेरिकी धावक लाइल्सले रोनी बेकर (दोस्रो) र केनी बेडनारेक (तेस्रो) भन्दा अगाडि रहँदै दौड पूरा गरेका हुन । बेकर र बेडनारेक दुवैले ९.८८ सेकेन्डको समय लिएका थिए भने पूर्व विश्व च्याम्पियन क्रिश्चियन कोलम्यान ९।९३ सेकेन्डका साथ चौथो स्थानमा रहन पुगेका थिए ।
‘यो वर्ष ओलम्पिक वा विश्व च्याम्पियनसिप नभए पनि यसको अर्थ म बिस्तारै दौडने योजनामा छु भन्ने होइन,’ लाइल्सले वीवीसीसँग भने, ‘यो म आफैं हुँ र म हुनु भनेको वर्चस्व कायम गर्नु र निरन्तरता दिनु हो।’
उता, सन् २०२३ की विश्व च्याम्पियन शाुकारी रिचर्डसनले १०.७७ सेकेन्डको समय निकाल्दै महिलातर्फको १०० मिटर दौड जितेकी छिन ।
२६ वर्षीया रिचर्डसनले यस सिजनको आफ्नो उत्कृष्ट समयसँग बराबरी गरिन् । यस दौडमा कायला ह्वाइट १०.९० सेकेन्डका साथ दोस्रो र तामारी डेभिस ११.०० सेकेन्डका साथ तेस्रो स्थानमा रहन बाध्य पारिन् ।
‘मानसिक, शारीरिक र भावनात्मक रूपमा स्वस्थ रहँदै राम्रो अवस्थामा फर्कन पाउनु निकै उत्कृष्ट महसुस गराउने कुरा हो,’ ट्र्याक बाहिर विभिन्न समस्याहरूको सामना गरेकी रिचर्डसनले भनिन्, ‘मैले र मेरो प्रशिक्षकले जति पनि काम गरेका छौं, त्यसको नतिजा अब निरन्तर रूपमा देखिन थालेको छ।’
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


