• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०३ बैशाख २०८३, बिहीबार
०३ बैशाख २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

टिकटकद्वारा २०२५ चौथो त्रैमासिक कम्युनिटी गाइडलाइन्स कार्यान्वयन प्रतिवेदन सार्वजनिक
  • ६ घण्टा 

सुनको मुल्य प्रतितोला ३ हजार रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
  • ७ घण्टा 

एटीएमबाट एकपटकमा २० हजार र एक दिनमा ५० हजार रुपैयाँभन्दा बढी झिक्न नपाइने
  • ७ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • ९ घण्टा 

देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना
  • १० घण्टा 

आज मातातीर्थ औंशी : आमाप्रति सम्मान र स्मरणको विशेष दिन
  • १० घण्टा 

२०८३ वैशाख ०४ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २३ घण्टा 

नेपालमै पहिलो पटक ललितपुरमा फोहोर संकलनका लागि फोटोन टीएम १ इलेक्ट्रिक गाडि सञ्चालन
  • २३ घण्टा 

डिजेल मूल्यवृद्धिले ट्रक व्यवसायी प्रभावित, भाडा समायोजन गर्न सरकारसँग महासंघको माग
  • १ दिन 

लोकप्रिय समाचार

  • १. Xiaomi has introduces entry level phone REDMI A7 in the Nepali market

  • २. अत्याधुनिक फिचरसहित पोको एक्स-८ सिरिज नेपालमा सार्वजनिक, कति पर्छ मुल्य ?

  • ३. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ४. डिजेल मूल्यवृद्धिले ट्रक व्यवसायी प्रभावित, भाडा समायोजन गर्न सरकारसँग महासंघको माग

  • ५. नेपालमा यामाहा एफजेड-एस एफआई सार्वजनिक,यस्तो छ मूल्य

  • ६. २०८२ चैत २८ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ७. अब जन्म,विवाह दर्ता लगायतका प्रमाणपत्र नागरिक एपमै हुने

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. नेपालमै पहिलो पटक ललितपुरमा फोहोर संकलनका लागि फोटोन टीएम १ इलेक्ट्रिक गाडि सञ्चालन

  • १०. विद्यालयलाई छात्रवृत्ति विवरण सार्वजनिक गर्न शिक्षा मन्त्रालयको निर्देशन

यस्ता छन् आगामी बजेटको प्राथमिकता

admin २०७६, बैशाख, २७

वैशाख २७, काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमा न्यायिक वितरणसहितको उच्च आर्थिक वृद्धि र सामाजिक न्यायसहितको समावेशी विकासलाई प्रमुख प्राथमिकतामा राख्ने भएको छ ।

आगामी आवको बजेट निर्माणमा जुटेको सरकारले क्षमताअनुसारको कामको अवसर, मर्यादित रोजगारीको सुनिश्चितता, फराकिलो दायराको सामाजिक सुरक्षा, व्यवस्थित र गुणस्तरीय पूर्वाधारस्तरीय सामाजिक सेवाको सहज उपलब्धता, राष्ट्रिय पूँजीको सम्वद्र्धन, आधुनिक प्रविधिको विस्तार र सुशासन कायम गर्ने उल्लेख गरेको छ । नेपालको संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख आर्थिक प्रणाली निर्माणलाई मार्गदर्शनको रुपमा लिँदै राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व एवं नागरिकका मौलिक हक कार्यान्वयन गर्न बनेका कानूनलाई समेत बजेट तर्जुमाको आधारको रुपमा लिइएको छ ।

सरकारले केही दिन पहिले सदनले पारित गरेको आगामी आवको नीति तथा कार्यक्रम एवं पछिल्लो निर्वाचनमा जनअनुमोदित भएको वामपक्षीय चुनावी घोषणापत्रलाई पनि विनियोजन विधेयक, २०७६ को सिद्धान्त तथा प्राथमिकता तय गर्दा आधारको रुपमा लिइने छ । आगामी आवबाट शुरु हुने १५औँ योजनाले लिएका विकासका दीर्घकालीन लक्ष्य, मध्यम आय भएको मुलुकमा स्तरोन्नति हुने प्रतिबद्धतासहित दिगो विकास लक्ष्य हासिल गर्नेतर्फ विशेष ध्यान दिइएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आगामी आवको ‘विनियोजन विधेयक, २०७६ का सिद्धान्त र प्राथमिकता’ बजेटको प्राथमिकताका बारेमा जानकारी दिनुहँुदै अर्थमन्त्री डा युवराज खतिवडाले ‘समृद्ध नेपाल सुखी नेपाली’को सङ्कल्पलाई पूरा गर्ने लक्ष्यलाई बजेटले केन्द्रमा राखेको बताउनुभयो । उहाँले भन्नुभयो, “वर्तमान सरकार गठन भएको छोटो अवधिमा राज्य पुनः संरचनाका कार्य सम्पन्न भई नेपाली जनताले चाहेको समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन आकांक्षा हासिल गर्न आर्थिक, सामाजिक तथा सुशासनको आधारशीला निर्माण भइरहेको छ ।”

सङ्घ, प्रदेश र स्थानीय तहको समन्वय र साझेदारी तथा सहकारी र निजी क्षेत्रसँगको सहकार्यबाट सामाजिक न्यायसहितको विकास र समृद्धिको मार्ग प्रसस्त हुने आधार बनेको अर्थमन्त्रीको प्रष्टोक्ति छ । मुलुकमा शासकीय स्वच्छता, सदाचार र सुशासन प्रवद्र्धन गर्दै नागरिकले प्राप्त गर्ने सेवा सरल, सहज, गुणस्तरीय र समय निर्दिष्ट बनाउने, सार्वजनिक सेवाको गुणस्तर अभिवृद्धि गर्न सबै किसिमका सार्वजनिक सेवा प्रवाहलाई सूचना प्रविधिमा आबद्ध गर्दै राज्यले प्रदान गर्ने सेवा र सुविधाको गुणस्तर सुनिश्चित हुने दिशामा बजेट केन्द्रित हुनेछ ।

यस्तै सार्वजनिक संस्थानको सङ्गठनात्मक एवं व्यवस्थापकीय सुधार गरी व्यावसायिकता प्रवद्र्धन गर्न बजेटले मार्ग प्रशस्त गर्ने अर्थमन्त्री डा खतिवडाको जोड छ । वर्तमान सरकारको एक वर्षको कार्यकालमा आर्थिक तथा सामाजिक पूर्वाधार निर्माणमा उत्साहजनक उपलब्धि हासिल भएको तथ्य पेश गर्दै अर्थमन्त्रीले चालू आवमा सात प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हुने दृष्टान्त पेश गर्नुभयो । आगामी आवदेखि अझ उच्च हुने बलियो आर्थिक आधारशीला निर्माण भएको र मूल्यवृद्धि नियन्त्रणमा रहेको अर्थमन्त्रीले उल्लेख गर्नुभयो ।

चालू आवमा आन्तरिक बचत उल्लेख्यरुपमा वृद्धि भई राष्ट्रिय पूँजी निर्माणको दरिलो आधार तयार भएको लगानीको वातावरणमा उल्लेख्य सुधार आएसँगै स्वदेशी तथा विदेशी लगानीको प्रतिबद्धता बढेको, वित्तीय सेवा र पहुँच विस्तार भएको, वित्तीय साधन उत्पादनमुखी हुँदै गएको, औद्योगिक तथा विकास निर्माणसम्बन्धी पूँजीगत सामानको माग बढेसँगै वस्तु आयात वृद्धि भए पनि निर्यात क्षेत्र सुधारोन्मुख रहेको अर्थमन्त्रीले सदनलाई जानकारी गराउनुभयो । उहाँले भुक्तानी सन्तुलनमा केही चाप परे पनि विदेशी मुद्रा सञ्चिति सुविधाजनक स्थितिमा रहेको स्पष्ट पार्नुभयो ।

मुलुकभित्र लगानीको वातावरण अनुकूल बनाउन सरकारले गरेको अनवरत प्रयास, विकास साझेदारसँगको सहकार्य तथा गत चैत महीनामा सम्पन्न लगानी सम्मेलनको नतिजास्वरुप उच्च परिमाणमा आन्तरिक तथा बाह्य लगानी परिचालनको अवसर सिर्जना भएको सदनलाई जानकारी गराउँदै अर्थमन्त्रीले निजी र सहकारी क्षेत्रसँगको सहकार्यको आर्थिक गतिविधिमा उत्साहजनक परिणाम देखिन थालेको र सङ्घीय शासन प्रणाली नागरिक सेवा र विकासलाई गति दिने अवसरका रूपमा क्रमशः स्थापित हुँदै गएको बताउनुभयो ।

सार्वजनिक खर्च प्रणालीलाई परिमाणमुखी तुल्याउँदै उपलब्ध वित्तीय साधानको न्यायोचित बाँडफाँट गर्ने, निजी क्षेत्रलाई आर्थिक वृद्धि संवाहक शक्तिको रुपमा विकास गर्दै उच्च वचत परिचालन, पूँजी निर्माण र उत्पादन शक्तिको विकासमार्फत् राष्ट्रिय पूँजीको सम्वद्र्धन गर्ने बजेटको लक्ष्य हुने अर्थमन्त्रीको जोड छ । यस्तै सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्य, समन्वय र सहलगानीबाट उपलब्ध स्रोत र साधनको उपयोग गरिनेछ । स्वस्थ नागरिक, स्वस्थ जीवन र स्वस्थ समाजका लागि स्वस्थ उत्पादन र स्वस्थ उपभोगमा जोड दिइनेछ भने आगामी दुई वर्षभित्र साक्षर नेपाल घोषणामा बजेट लक्षित हुने भएको छ ।

यस्तै आगामी आवलाई युवा परिचालन वर्षको रुपमा लिँदै युवाको प्रतिभा पहिचान, विकास र परिचालनका कार्यक्रम सञ्चालन गर्ने, वैज्ञानिक वन व्यवस्थापनमा जोड दिइने अर्थमन्त्रीको जोड छ । आन्तरिक र अन्तरदेशीय विद्युत् प्रसारण लाइनको निर्माण, क्षमता विस्तार, विद्युत् आपूर्ति प्रणालीलाई भरपर्दो बनाउने, भूमिगत मार्ग, रेलमार्ग, जलमार्ग, विमानस्थल र शहरी पूर्वाधारमा जोड दिने, विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने नीति बजेटको रहने अर्थमन्त्री डा खतिवडाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
टिकटकद्वारा २०२५ चौथो त्रैमासिक कम्युनिटी गाइडलाइन्स कार्यान्वयन प्रतिवेदन सार्वजनिक
सुनको मुल्य प्रतितोला ३ हजार रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
एटीएमबाट एकपटकमा २० हजार र एक दिनमा ५० हजार रुपैयाँभन्दा बढी झिक्न नपाइने

ताजा

टिकटकद्वारा २०२५ चौथो त्रैमासिक कम्युनिटी गाइडलाइन्स कार्यान्वयन प्रतिवेदन सार्वजनिक

सुनको मुल्य प्रतितोला ३ हजार रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

एटीएमबाट एकपटकमा २० हजार र एक दिनमा ५० हजार रुपैयाँभन्दा बढी झिक्न नपाइने

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.