प्रतिवन्धित विप्लव समूहको बन्दका कारण राजधानीको जनजीवन प्रभावित
काठमाडौ, जेठ १३- राजधानीका आइतबार भएका शृखंलाबद्ध बम विस्फोट पछि सरकारले राजधानीको सुरक्षा व्यवस्था कडा पारेको छ। राजधानीको तीन स्थानमा भएका बम विस्फोटमा चार जनाको ज्यान जानुका साथै ८ जना घाइते भएका छन ।
शृखंलाबद्ध बम विस्फोट पछि सरकारले तीनै सुरक्षा प्रमुखहरुसहित बसेको बैठकमा आइतबार साँझ गृहमन्त्री रामबहादुर थापा बादलले हाइ अलर्टमा बस्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका–२ स्थित मैयुङ्ग क्षेत्रको धोद्रे जङ्गलमा प्रहरीको गोली लागेर घाइते षडानन्द नगरपालिका –२ कुदाककाउलेका ३२ वर्षीय तीर्थराज घिमिरेको मृत्यु भएको थियो । आफ्ना कार्यकर्ता सुरक्षा निकायद्वारा मारिएपछि आक्रोशित बनेको विप्लव समूहले आज (सोमबार)का लागि आयोजना गरेको बन्दलगायतका कार्यक्रमको अघिल्लो दिन आइतबार विस्फोट गराएको हो ।
उक्त विरोधमा बन्द गरेको विप्लब समूहले बन्दको अवज्ञा गरे जनकारबाही गर्ने धम्की पूर्णृपर्चा छर्दै हिडेको छ । जिल्ला-जिल्लामा डरत्रासको भरमा बन्द हुनेभएपनि उपत्यकामा भने बन्द कहिले नै सफल हुन सकेको छैन् । उपत्यकामा पनि बन्द सफल गराउन धम्कीपूर्ण जुक्ति निकालेको उपत्यका विशेष ब्युरोले पर्चा मार्फत नै धम्कीपूर्ण शब्दहरु प्रयोग गरेको छ ।
बन्दका लागि सुरक्षाकर्मीले जनशक्ति थप गर्नुका साथै हाइ अलर्टमा रहेको उपत्यकाका सुरक्षा निकाय प्रमुखले जानकारी दिएका छन् । बन्द असफल पार्न सुरक्षा निकाय हाइ अलर्टमा रहेको पनि सुरक्षा निकाय प्रमुखले जानकारी दिए।
सम्बन्धित समाचार
सरकारको निःशुल्क एआई तालिम कार्यक्रम,दुई हजार युवाले घरबाटै सीप सिक्न पाउने
भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
