प्रतिबन्धपछि झन आक्रामक बन्दै विप्लव समूह, यस्तो छ तथ्याङ्क
जेठ २०, काठमाण्डौ । सरकारले प्रतिबन्धको घोषणा गरे पश्चात विप्लव नेतृत्वको नेकपा समुह आक्रामक बन्दै गएको छ । बन्द हड्तालदेखि बम पट्काउने काममा सक्रिय विप्लव समुहले सशस्त्र द्धन्द्धकै शैली अपनाउनाले नागरिक यतिबेला आतंकित छन् । प्रतिवन्धपछी विप्लवका कार्यकर्ता माथि कडा निगरानी राखि सरकारले धरपकडलाई तिब्र बनाउदा बिप्लव समुहले बम पडकाउने र नागरिकलाई आतंकित बनाउने काम तिव्र पारेको देखिन्छ ।
सरकारको दमनकै कारण विप्लव नेतृत्वको समुह उग्र बन्दै गएको विश्लेषकहरु बताउछन् । जुन कुरा प्रहरी प्रधान कार्यालय नक्सालको तथ्यांङकले प्रष्ट पार्छ ।
प्रहरीको तथ्यांक अनुसार सरकारले विप्लव माथि प्रतिवन्ध लगाए पछि करीब साढे दुई महिनाको अवधिमा बम बिस्फोट तथा प्रहरीसँगको झडपका क्रममा ५ जनाको मृत्यु भैसकेको छ । ७ जना घाईते छन् ।
विप्लव समुहले देशका विभिन्न १ सय १३ वटा स्थानमा बम राखेका थियो जसमध्ये १८ वटा बम बिस्फोट भएका छन् भने ९५ वटा बमलाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । करिब साढे दुई महिनाको छोटो समयमा पनि विप्लवका कार्यकर्ता सँग ८ वटा साना ठुला हतियार र २ सय २७ राउन्ड गोली प्रहरीले बरामद् गरेको छ । त्यस्तै विभिन्न समयमा बन्दको अवहेलना गरेको भन्दै विप्लव समुहले १० वटा सवारी साधनमा तोडफोड र आगजनी गरेको छ ।
प्रतिबन्ध पछि प्रहरीले विप्लवका ४ सय १८ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । जसमध्ये ३ सय ६९ जना विरुद्द मुद्दा दर्ता भएको छ । प्रहरीका अनुसार ५४ जनालाई पुर्पक्षका लागि कारगार चलान गरिएको छ । त्यस्तै १ सय १४ जना अहिलेपनी अनुसन्धानको दायरामा छन् ।
हुनत प्रतिबन्ध पहिले पनि प्रहरी प्रशासनले विप्लवका नेता कार्यकर्तालाई धरपकड नगरेको होइन । प्रतिबन्ध पहिलेको ९ महिनाको तथ्यांक हेर्ने हो भने विप्लव समुहका १ सय ९० जना परेका छन् भने १ सय ७२ जना विरुद्द मुद्दा दायर गरिएको छ ।
यस तथ्यांकलाई हेर्दा ९ प्रतिवन्ध पहिनाको ९ महिनामा पक्राउ पर्ने विप्लव समुहका नेता कार्यकर्ताको संख्या भन्दा प्रतिवन्ध पछिको साढे २ महिनामा पक्राउ पर्नेको संख्या दोब्बर बढी देखिन्छ । यसबाट पनि बुझ्न सकिन्छ की फरक राजनीतिक आस्था राखेको विप्लव समुह माथि सरकारको दमनले अशान्ति फैलिदै गएको छ । दमनको प्रतिकार स्वरुप नै विप्लव समुहले अराजक गतिविधि बढाउदै छ ।
सरकार र विप्लव नेतृत्वको समुहविचको अन्तर द्धन्द्धले नागरिकहरु क्रसित छन् । सरकार राज्य सञ्चालनको पावर प्रदर्शन गर्दै दम्भ देखाउने अनी विप्लव समुह अराजक बन्दै जाने शिलशिला जारी रहदाँ नागरिक चेपुवामा परेका छन् । सरकारको दम्भ र विप्लवको शस्त्र उठाउने बाटो अवलम्वनले नेपालमा पुन द्धन्द्धको भय देखा परेको छ ।
१० वर्षेय लामो द्धन्द्धको मारबाट बाहिर निस्केको १३ वर्ष नवित्दै पुन मुलुक द्धन्द्धमा फसे यसले नयाँ नेपाल भन्नौ वा समृद्ध नेपाल यि कुनै पनि भविष्य करिब असम्भव जस्तै बन्ने देखिन्छ । त्यसैले देशमा सुशासन कायमको नारा लगाउनेले शान्तिको बाटो अवलम्वन गर्नु पर्छ र सरकारले असन्तुष्ट पक्षलाई लोकतान्त्रिक मुल्य र मान्यताको सिद्धान्तमा टेकी शान्तिको मार्गमा ल्याउन प्रभावकारी कदम चाल्नु पर्छ । शान्ति र समृद्धी आजको आवश्यकता हो तर अशान्तिको मार्ग मार्फत शान्तिको आशा नेपाली नागरिकको इच्छा विपरित देखिन्छ ।
सम्बन्धित समाचार
फ्रान्समा १५ वर्षमुनीका बालबालिकालाई सामाजिक सञ्जालमा रोक
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट,बाढीमा क्षति र हराएका सवारीबारे गराए जानकारी
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
देशभर आज मध्यम वर्षाको सम्भावना
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
ट्रेन्डिङ
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

